logo

सेञ्चुरी बैंकद्वारा व्यवसायको वृद्धिसँगै खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा सुधार 

    1410   पटक पढिएको

२५ माघ /अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार सार्वजनिक गरेको एनएफआरएस रिर्पोट अनुसार बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख रहेको बैंकको गत आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा १५ करोड १६ लाख तथा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३० पैसाले बढेको हो । सो समयमा बैंकले ३६ करोड ६३ लाख खुद नाफा कमाएर ९ रुपैयाँ ५५ पैसा प्रतिशेयर आम्दानी कायम गरेको थियो ।

नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार सेञ्चुरीले चालू आवको दोस्रो त्रैमासमा ४४ करोड ३५ लाख रुपैयाँ फ्रि प्रोफिट आर्जन गरेको उल्लेख छ । चालू आवको ६ महिनामा ५१ करोड ८१ लाख खुद नाफम आर्जन गरेको बैंकको फ्रि प्रोफिट राष्ट्र बैंकले तोकेको रेगुलेटरी एड्जस्टमेन्ट वापत ७ करोड ४६ लाख रुपैयाँ व्यवस्था गर्दा घटेको हो । गत आवको यसै अवधिमा बैंकले ३२ करोड ५१ हजार रुपैयाँ वितरणयोग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको गरेको छ । समीक्षा अवधिमा बैंकको फ्रि प्रोफिट ११ करोड ८४ लाख रुपैयाँले बढेको हो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ । समीक्षा अवधिमा सेञ्चुरी बैंकको जगेडा कोष कमजोर बनेको छ । यस अवधिमा बैंकको जगेडा कोषमा एक अर्ब ६४ करोड ४ लाख रुपैयाँ मात्र सञ्चित रहेको छ । गत आवको तुलनामा बैंकको जगेडा कोष ९ प्रतिशतले घटेको हो ।अन्य कतिपय वाणिज्य बैंकहरुको चुक्ता पूँजीकै हाराहारीमा जगेडा कोष कायम गरि शेयरधनी कोष मजबुत बनाएको अवस्थामा बैंकलाई ८ अर्ब पूँजीको आधारमा डेढ अर्बको जगेडा कोषले पुग्ने अवस्था छैन । त्यसैले बैंकलाई जगेडा कोष बढाउने चुनौती देखापरेको छ ।यस्तै बैंकको पूँजी प्रयाप्तता अनुपात १८.५४ बाट घटेर १४.६९ प्रतिशतमा र प्रतिशेयर नेटवर्थ भने १२३ रुपैयाँ ४७ पैसाबाट घटेर १२० रुपैयाँ ३४ पैसामा झरेको छ । कोषको लागत ८.३१ बाट ८.८९ प्रतिशतमा बढेको बैंकको आधार ब्याजदर पनि ११.४३ बाट बढेर ११.५० पुग्दा बैंकबाट ऋणीले सस्तो ब्याजदरमा ऋण प्राप्त गर्ने अवस्था कमजोर बनेको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.१५ गुणा रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंकले चालू आवको दोस्रो त्रैमासम्ममा बैंकले ६४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरि ५८ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकले २२.९० प्रतिशतले निक्षेप संकलन गर्दा कर्जा विस्तार २७.०३ प्रतिशतले बढाएको छ । गत आवको दोस्रो त्रैमासमा बैंकले ५२ अर्ब १७ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४६ अर्ब ३६ करोड ६९ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो । इन्नोभेटिभ डेभलपमेन्ट बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, सगमाथा फाइनान्स लगायतका कम्पनीलाई प्राप्ती गरेको बैंकले व्यवसाय विस्तार गर्न लगानी र निक्षेपलाई बढोत्तरी गर्दा बैंकको खुद ब्याज आम्दानी गत आवको पुसको तुलनामा ५०.३७ प्रतिशत अर्थात ४४ करोड ८६ लाख रुपैयाँले बढेर एक अर्ब ३३ करोड ९३ लाख पुगेको छ । गत आवको यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी ८९ करोड ६ लाख मात्र रहेको थियो । यस अवधिमा बैंकको सञ्चालन नाफा २१ करोड ५८ लाख बढेर ७४ करोड २ लाख आर्जन भएको छ ।

स–साना कम्पनीलाई प्राप्ती गर्दै व्यवसायको आकार बढाएको बैंकले व्यवसायको वृद्धिसँगै खराब कर्जामा नियन्त्रण गर्दै खुद नाफामा सुधार गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८४ प्रतिशत मात्र रहेको छ । गत आवको पुसमा बैंकमा ०.९९ प्रतिशत खराब कर्जा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।