logo

सेञ्चुरी बैंकले सगरमाथा फाईनान्सलाई प्राप्त गर्न बोलायो विशेष साधारणसभा

    1318   पटक पढिएको

४ असार / अर्थ र व्यापार - असार १८ गते सेञ्चुरी कर्म्सियल बैंकले सगरमाथा फाईनान्सलाई प्राप्त गर्न विशेष प्रस्ताव राखेर विशेष साधारणसभा बोलाएको छ । उता सगरमाथा फाईनान्स कम्पनीले समेत सोही दिन विशेष साधारणसभा डाकेको छ । 
यसअघि जेठ २८ गते आइृतबारदेखि अरनिको डेभलपमेन्ट र ईन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई आफुमा समाहित गरी एकीकृत कारोबार थालेको बैंकले सगरमाथा फाईनान्सलाई गाभ्नका लागि विशेष साधारणसभा बोलाएको हो ।

साधारणसभामा सम्पत्ति तथा दायित्व मूल्यांकनबाट निर्धारण गरिएको सगरमाथाको एक सय कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता सेयर अनुपात स्वीकृत गर्ने तथा अन्य प्राप्ती सम्बन्धी  विशेष प्रस्तावहरु पारित गर्ने रहेका छन् ।

सेञ्चुरीले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुर्याएको छ । सगरमाथा फाइनान्सलाई आफुमा गाभे पछि कायम चुक्तापूँजीको ४० प्रतिशत अर्थात एक अर्ब ८८ करोड ५४ लाख बराबरको एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । जसका लागि बैंकले सिभिल क्यापिट मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउन क्रममा बैंकले सगरमाथा फाइनान्सका साथै अल्पाइन डेभलपमेन्ट बैंक, र सेती फाइनान्सलाई समेत एक्वायर गर्ने सम्झौता गरि सकेको छ ।

चालीस प्रतिशत हकप्रद र थप तीन संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी करिब सात अर्ब पुग्नेछ । चालु आर्थिक बर्षको बोनस समेत गर्दा बैंकले सहजै आठ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।