logo

आजबाट आइएमइ लाइफ इन्स्योरेन्सको कारोबार सुरु

    1663   पटक पढिएको

१ भाद्र / अर्थ र व्यापार – नयाँ लाइसेन्स पाउने १० जीवन बिमा कम्पनीमध्ये आइएमइ लाइफ इन्स्योरेन्सले  आज बिहीबारबाट कारोबार सुरु गरेको छ । कम्पनीले आज ५ बजे कारोबार सुरुवातको औपचारिक कार्यक्रम पनि गर्दैछ । कम्पनीले १ अर्ब ४० करोड चुक्ता पुँजी र ३ अर्ब अधिकृत पुँजी सहित सञ्चालनमा आउन लागेको हो ।

कम्पनीले बिमा समितिले तोकेको २ अर्ब चुक्ता पुँजी पुर्याउन अबको ६ देखि ८ महिनाभित्रमा ६० करोड रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहने भएको हो । लौन चौरका केन्द्रिय कार्यालय रहने कम्पनीले १ वर्षमा ६० देखि ६५ शाखा खोल्ने योजना बनाएको छ । 

काठमाडौंमा मात्रै कम्पनीले ७ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । शाखा अनुमतीको लागि कम्पनीले बिमा समितिमा आवेदन दिइसकेको छ । कम्पनीले कारोबार सुरु गरेसँगै बिहीबारबाट आइएमइ सरल (सावधिक) योजना सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यो योजनामा १६ वर्षदेखि ६४ वर्ष उमेरका मानिसहरुले सहभागिता जनाउन सक्ने बताएको छ । यो योजनाको अवधि ५ देखि ६५ वर्षसम्म रहनेछ ।

यो योजनामा सहभागि हुन चहानेले २५ हजार देखि आय स्रोतले धान्ने रकमसम्मको बिमा  (बिमांकीय रकम) गर्न सक्ने छ । कम्पनीले अन्य ६ वटा योजना सञ्चालनको लागि बिमा समितिमा आवेदन दिएको छ । कम्पनीको हाल महाप्रबन्धक पोखरेलले नै नेतृत्व गर्ने भएका छन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृत रहने व्यवस्था अंगालेपनि यो पदको जिम्मेवारी पछि  पोखरेललाई नै दिन सकिने वा नयाँ पनि ल्याउन सकिने छ ।

कम्पनीको अध्यक्षता डा. रामहरी अर्यालले गरेका छन् । कम्पनीको अन्य सञ्चालकहरुमा अश्विनी अर्याल, दिपक शर्मा, इश्वर कार्की र दिप चन्द्र रेग्मी रहेका छन् । अन्य २ सञ्चालक भने चयन हुनन बाँकी रहेको छ । कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आइएमइ समूह, भाटभटेनि, सञ्चालक मीनबहादुर गुरुङ, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौड्ल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आइएमइ र सम्बद्धहरुको ४० प्रतिशत बढि लगानी रहेको बुझिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।