logo

३ बैकंद्वारा ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन

    1274   पटक पढिएको

१२ पुस/ अर्थ र व्यापार - एनआइसी एशिया, सिटिजन्स र सानिमा बैंकले ब्रोकर लाइसेन्स माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् नीतिगतरुपमा बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था गरेपछि यी ३ बैंकले चासो देखाएका हुन् । देशभर २८ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

मौद्रिक नीतिमा नीतिगत ब्यवस्था गरेपनि पुस ११ गते बुधबार मात्रै राष्ट्र बैंकले परिपत्रमार्फत् बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खोलेको हो । वाणिज्य बैंकहरुले आफ्नो ५१ प्रतिशत सेयर स्वामित्वमा सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्न पाउने भएका छन् । यसरी स्थापना गरिएको सहायक कम्पनीले आफ्नो माउ कम्पनीको सेयर किनबेच गर्न भने पाउँदैन । ब्रोकरको कारोबार गर्न बैंकले खोलेको सहायक कम्पनीलाई राष्ट्र बैंक र धितोपत्र बोर्डले नियमन गर्नेछन् ।

लामो समयदेखि लगानीकर्ताहरुले बैंकलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने माग राख्दै आएका थिए । सेयर बजारलाई अझ विस्तार गर्नका लागि बैंकलाई ब्रोकरको काम गर्न दिनुपर्ने उनीहरुको बुझाइ थियो । राष्ट्र बैंकले पनि लगानीकर्ताहरुको मागलाई सम्बोधन गर्दै गत मौद्रिक नीतिमै बैंकलाई ब्रोकर लाइसेन्स दिने नीतिगत व्यवस्था गरेको थियो । सहायक कम्पनी खोल्न राष्ट्र बैंकले अनुमति दिएपछि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट पनि ब्रोकरको लाइसेन्स लिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।