logo

वोमी माइक्रोफाइनान्सद्वारा ४ करोड ४८ लाख ४९ हजार खुद नाफा आर्जन

    1390   पटक पढिएको

६ बैशाख /अर्थ र व्यापार - वोमी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष वोमीले दुई करोड ९५ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो गत वर्षको चैतको तुलनामा ५१.९८ प्रतिशत बढी हो । खर्च नियन्त्रण र कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको समग्र नाफा बढेको हो । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ । हाल दश करोड दश लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ९ करोड ४१ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।

पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाइसकेको छ । अर्कोतिर नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस कम्पनीको फागुन २६ गते यता शेयर कारोबार बन्द रहेको छ । चैत मसान्तसम्म माइक्रोफाइनान्सले ५६ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९३ करोड ४ लाख रुपैयाँ सापटी लिएको संस्थाले एक अर्ब ६७ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

चालु आवको ९ महिना अवधिसम्म माइक्रोफाइनान्सले ९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५१.७६ प्रतिशत बढी हो । निष्कृय कर्जा ०.७६ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ५० रुपैयाँ ६० पैसाबाट ५९ रुपैयाँ १६ पैसामा बढेको छ । हकप्रदबाट पूँजी वृद्धि पश्चात भने लघुवित्तलाई प्रतिशेयर आम्दानी सन्तुलन गर्न थप नाफा आर्जन गर्नुपर्ने अवस्था देखिन्छ ।

माइक्रोफाइनान्स कम्पनीकोे मुल्य आम्दानी अनुपात १९.०७ गुणा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ १३ पैसा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।