logo

राष्ट्र बैंकद्वारा विजय लघुवित्तलाई हकप्रद निष्काशन गर्न रोक

    1334   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार - राष्ट्र बैंकद्वारा विजय लघुवित्त वित्तीय संस्थालाई शतप्रतिशत हकप्रद निष्काशन गर्न रोक लगाइएको छ । लघुवित्तले गत पुस १४ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित प्रस्ताव बमोजिम प्रबन्धपत्र संसोधनको स्वीकृती मागेकोमा केन्द्रीय बैंकले रोक लगाएको हो ।

लघुवित्तको छैटौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको बोनस (१०५) पश्चात कायम चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजारको एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गरि ३८ करोड ९६ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी पुर्याउने विशेष प्रस्ताव पारित भएको थियो । 

राष्ट्र बैंकले सो हकप्रद प्रस्ताव अनुरुप प्रबन्धपत्र संसोधन गर्न अस्वीकृत गर्दै बोनस पश्चात कायम हुने चुक्ता पूँजी १९ करोड ४८ लाख १० हजार कायम गर्न स्वीकृती दिएको हो । राष्ट्र बैंकले लघुवित्तको प्रस्तावलाई अस्वीकृत गरेसँगै कम्पनी सञ्चालक समितिको चैत २८ गते सम्पन्न ९९ औं बैठकले हाललाई बोनस वितरण प्रकृया अगाडि बढाउने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव स्थगन गर्ने निर्णय गरेको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।