logo

बेष्ट फाइनान्सको प्रमुख कार्यकारीमा उमेशसिंह भण्डारी नियुक्त

    1800   पटक पढिएको


१ पुस/अर्थ र व्यापार– बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । 
कम्पनीले भण्डारीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको हो ।

भण्डारीले कुमारी बैंकबाट स्वेच्छिक अवकाश लिएर बाहिरिएका हुन् । कुमारी जानुअघि उनी काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत थिए ।

मर्जरमा भण्डारीको बिशेष दक्षता भएकै कारण भण्डारीलाई बेस्ट फाइनान्समा मर्जर गराउने सर्तसहित लगिएको हो ।

भण्डारीले काष्ठमण्डपसँगै सेती फाइनान्स, काँक्रेबिहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्स कुमारीमा गाभ्न भण्डारीले महत्वपूर्ण भूमिका रहेको थियो ।

बेस्ट फाइनान्समा भण्डारीलाई एक वर्षभित्र फाइनान्सको खराब कर्जा ५ प्रतिशतभन्दा तल झार्नुपर्ने सर्तसहित नियुक्त गरिएको हो । अहिले फाइनान्सको १२ प्रतिशत हाराहारी खराब ऋण छ ।

साथै, नोक्सानीमा रहेको संस्थालाई नाफामा लैजानुपर्ने सर्त पनि सञ्चालक समितिले राखेको छ । अहिले सञ्चिति नोक्सान ३० करोड छ । यो ऋणको नोक्सानी ब्यवस्थापन गरिसकिएको छ ।

साथै संस्थालाई फाइनान्स कम्पनी वा क्षेत्रीय स्तरको विकास बैंकसँग गाभेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति गराउनुपर्ने जिम्मा पनि सञ्चालक समितिले उनलाई दिएको छ । 

त्यसैगरि, विदेशी उपयुक्त साझेदार भित्र्याउन पहल गर्ने ’टीओआर’ पनि दिइएको छ ।  संस्थाको अहिले १४ वटा शाखा कार्यालय छन् । करिब ३ अर्ब निक्षेप र साढे २ अर्ब ऋण लगानी छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।