logo

बैंकहरुले माघ १ गतेबाट ऋणको ब्याज घटाउने, निक्षेपको ब्याज घटेलगत्तै ऋणको ब्याज घट्ने अपेक्षा

    1007   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार - बैंकहरुले भद्र सहमति गरेर निक्षेपको ब्याज घटाएपनि ऋणको ब्याज एक महिनापछि मात्रै घट्ने भएको छ । बैंकहरुले माघ १ गतेबाट मात्र ऋणको ब्याज घटाउने भएका छन् । गत विहिबार बैंकहरुले भद्र सहमति गरेर ब्यक्तिगत मुद्दति निक्षेपको ब्याज ९.२५ प्रतिशत, संस्थागत मुद्दतिको साढे आठ प्रतिशत र बचतको ब्याज साढे ६ प्रतिशतमा झारेका छन् । निक्षेपको ब्याज घटेलगत्तै ऋणको ब्याज घट्ने अपेक्षा गरेका ऋणीले माघ १ गते कुर्नुपर्ने भएको हो ।

बैंकहरुले ब्याजको आधार दर मासिक रुपमा प्रकाशित गर्छन् । गत विहिबारबाट निक्षेपको ब्याज घटेपनि आधार दरको गणना गर्न बाँकी रहेकाले माघ १ गतेबाट मात्र ऋणको ब्याज घट्ने भएको हो । आधार दर जतिले घट्छ त्यति नै ऋणको ब्याज घटाउनुपर्ने राष्ट्र बैंकको नियामकीय प्रावधान छ । बैंकहरुले पुरानो सहमतिभन्दा पनि तल निक्षेपको ब्याज झारेका कारण आधार दर तुलनात्मक रुपमा केही बढि नै कम हुन्छ । पहिलेको सहमतिमा व्यक्तिगत निक्षेपको ब्याज साढे १० र संस्थागतको १० प्रतिशत थियो । बचतको ब्याज पनि ७ प्रतिशत थियो। बीचमा सहमति खारेज हुँदा ब्यक्तिगत मुद्दतिको ब्याज १३ प्रतिशसम्म पुगेको थियो । २८ वटामध्ये १३ वटाले ब्याज बढाएका थिए ।

अहिले २८ वटै बैंकको निक्षेपको ब्याज घटेको छ । यसले गर्दा औसत आधारदर नै कम भएर जान्छ । सरकारले बैंक ब्याज दर बढ्न थालेपछि कार्यदल बनाएर समस्या समाधान गर्न सुझाब मागेको थियो । सुझाब कार्यान्वयनमा आए आधार दर अझै कम हुनेछ । कार्यदलले दिएको सुझाब कार्यान्वयन भए आधार दरमा सम्पतिको प्रतिफल समावेश हुँदैन । यसको प्रतिफल ०.७५ प्रतिशत छ । यो समावेश नभएपछि आधार दर कम भएर जाने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए ।
कार्यदलले दिएको यो सुझाब एक र दुई साताभित्रै राष्ट्र बैंकले लागू गर्नु पर्ने उल्लेख छ । बैंकहरुले प्रवाह गर्ने कुल ऋणमध्ये करिव २५ प्रतिशत ऋण अझ सस्तो हुन्छ । कृषि, उर्जा, पर्यटनलगायतका प्राथमिकता प्राप्त क्षेत्रमा जाने ऋणमा आधार दरको अधिकतम २ प्रतिशत बिन्दु माथिसम्म मात्र ऋण दिन पाइने सुझाबमा छ । यसले गर्दा प्राथमिकता प्राप्त क्षेत्रमा जाने कुल ऋणको २५ प्रतिशत हिस्सा ऋण सस्तो हुने उनले जानकारी दिए । विकास बैंक र फाइनान्स कम्पनीहरुबाट प्रवाह भएका ऋणको ब्याज पनि माघ १ बाट सस्तो हुने छ । यी संस्थाहरुले पनि सहमति गरेर निक्षेपको ब्याज केही घटाएका छन् ।

राष्ट्र बैंकले कार्यदलको सिफारिस तत्कालै कार्यान्वयन गरे बैंकहरुले कल डिपोजिटमा दिएको ब्याज पनि घट्ने छ । बचतको ब्याज दरभन्दा कम हुने गरी कल डिपोजिटको ब्याज तोक्न कार्यदलले सुझाब दिएको छ । संस्थागत निक्षेप बोलकबोलमा लिनुपर्ने ब्यवस्थाको अन्त्यका लागि पनि कार्यदलले सुझाब दिएको छ । प्रकाशित ब्याज दरका आधारमा मात्र संस्थागत निक्षेप उठाउने ब्यवस्था मिलाउन सुझाब दिइएको छ । अहिले प्रकाशित ब्याजभन्दा एक प्रतिशत बिन्दु बढि बोलकबोल गर्न पाइन्छ ।
बैंकहरुले अहिले भद्र सहमति मार्फत संस्थागतलाई साढे ८ प्रतिशत ब्याज तोकेका छन् । यसमा एक प्रतिशत बिन्दु बढाउन पाइने ब्यवस्थाका कारण साढे ९ प्रतिशत ब्याज पुग्छ । प्रकाशितमै पैसा उठाउनु पर्ने ब्यवस्था मिलेर संस्थागतले साढे ८ प्रतिशत मात्र ब्याज पाउँछन् । यसो हुँदा आधार दर अझै झर्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।