logo

बैंक अफ काठमाण्डूको नाफा २० प्रतिशतले बढ्यो

    1254   पटक पढिएको

२८ माघ / अर्थ र व्यापार -  बैंक अफ काठमाण्डूले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशन गरको अधिकांश सूचकहरुमा सामान्य सुधार आएको देखिन्छ ।बैंकले पुस मसान्तसम्म्मा ८८ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको गत बर्षको सोहि अवधिमा १४ करोड ६२ लाख रुपैयाँ बढी हो । बैंकको खुद नाफा १९ दशमलव ८३ प्रतिशतले बढी हो ।

बैंकको निक्षेप संकलन तथा कर्जा परिचालनमा सामान्य वृद्धि भएको छ। बैंकले पुस मसान्तसम्ममा ८९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७६ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिना अवधिसम्ममा बैंकले एक अर्ब ९३ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको १६ करोड ३६ लाख रुपैयाँ अर्थात ९.२५ प्रतिशत धेरै हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २१ करोड २८ लाख रुपैयाँ बढेर एक अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड २७ लाख रुपैयाँँ सञ्चित रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।