logo

बैंक तथा वित्तीय संस्थाले ऋणमा लिने ब्याजदर नघटाएपछि अर्थमन्त्री डा खतिवडाद्वारा सरोकारवाला सँग छलफल

    1518   पटक पढिएको

२३ माघ/ अर्थ  व्यापार - बैंक तथा वित्तीय संस्थाले ऋणमा लिने ब्याजदर नघटाएपछि अर्थमन्त्री डा युवराज खतिवडा ध्यानाकर्षित भएका छन् । उनले यसलाई समाधान गर्नको लागि सरोकारवालाई बोलाएर छलफल गरेका छन् । अर्थमन्त्री खतिवडाले मंगलबार राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल सहित राष्ट्र बैंकका दुईवटै डेपुटी गभर्नर निजी क्षेत्रका उद्योगी व्यवसायी तथा बैकर्स संघका अध्यक्षसँग बैंकको ब्याजदरको विषयमा छलफल गरेका थिए ।

अर्थमन्त्री खतिवडाले उच्च स्तरिय वित्तीय क्षेत्र समन्वयन समितिको बैठकमा उद्योगी व्यवसायी सहित बैंकरलाई बोलाएर छलफल गरेका हुन् । देशभरका उद्योग व्यवसायीहरु बैंकको ब्याजदर बढी भएको भन्दै आन्दोलनमा उत्रेका छन् । यसलाई उद्योग वाणिज्य महासंघ तथा निजी क्षेत्रका अन्य संस्थाले नैतिक समर्थन समेत जनाएका छन् ।

अर्थमन्त्री खतिवडाले ब्याजदर कसरी घटाउन सकिने बारेमा सहभागीलाई प्रश्न सोधेका थिए । उनले मौद्रिक नीतिको अर्थवार्षिक समिक्षामा बैंकहरुले निक्षेप र कर्जामा लिने ब्याजदरको फरकलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न समेत सुझाव दिएका थिए । अर्थमन्त्रालय र राष्ट्र बैंकको पहलमा बैंकहरुले निक्षेपमा एकल अंकको भद्र सहमति गरेका छन् । लागत घटेपनि बैंकमा ऋण दिने पैसा नभएको कारण ऋणको ब्याजदर घटेको छैन ।
ऋणको ब्याजदर नघटेको र ऋण समेत सहज रुपमा पाउन सक्ने अवस्था अहिले रहेको छैन । यस्तै अर्थमन्त्री डा खतिवडाले बैदेशिक आन्तरिक लगानी घटेको विषयमा समेत गम्भिर चासो दिएका छन् । अर्थमन्त्री खतिवडाले गभर्नर नेपाललाई बैदेशिक लगानीको स्वीकृति दिदा प्रक्रिया सहज बनाउन भनेका थिए । अघिल्लो वर्षको तुलनामा अहिले बैदेशिक लगानी घटेको छ ।

अर्थमन्त्रीले बोलाएको बैठकमा बैठकमा राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपाल डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी, शिवराज श्रेष्ठ उद्योग सचिव यामकुमारी खतिवडा सहित अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरे सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।