logo

बैंकहरु धमाधम ब्याज दर घटाउने क्रममा

    3086   पटक पढिएको

६ असार / अर्थ र व्यापार - वाणिज्य बैंकहरु बीच निक्षेप तथा कर्जाको ब्याज दर बढाएर उछिन पाछिन गर्ने प्रतिस्पर्धा अब अन्त्य भई उल्टो गति सुरु भएको छ । बैंकहरुले अब ब्याज दर घटाउने प्रतिस्पर्धा सुरु गरेका छन् , जसको लाभ ऋणीहरुलाई हुनेछ । केही नाम चलेका बाणिज्य बैंकहरुले मुद्धतीको ब्याज दर घोषित रुपमा १२ प्रतिशत र अघोषित रुपमा १५ प्रतिशतसम्म पुर्याएकामा अब त्यसलाई ११ प्रतिशतमा सिमित गरिसकेका छन् भने केहीले त्यो भन्दा पनि तलको बिन्दुमा ल्याउन तीब्र गृहकार्य गर्दैछन् ।

असार महिना लाग्दा सरकारी बजेट खर्च बढ्ने, चुृनावी खर्चको पैसा बैकिड. प्रणालीमा फर्किने र साउन नलागी नयाँ कर्जा प्रबाह नगर्ने बैंकहरुको परम्परागत व्यवहारले ब्याज दर घटाउन बल पुगेको देखिन्छ । केही बैंकहरुले पूँजी बढेको आधारमा व्यापार बिस्तार गर्ने नाममा अचाक्ली कर्जा प्रबाह गर्दा पूँजी कर्जा निक्षेप अनुपात अर्थात सीसीडी ८० प्रतिशत नाघेको पत्तै पाएनन् र राष्ट्र बैंकको कारबाहीबाट बच्न निक्षेपको ब्याजदर पनि त्यसै गरी बढाएका थिए तर अहिले आएर उनीहरुको सीसीडी सन्तुलनमा आईसकेको अवस्था हुँदा पनि निक्षेपको ब्याज दर घटाएको हुनसक्छ ।

यसबाट बैंकहरुमा लगानी योग्य रकम बढ्न गई कर्जाको ब्याज दर सस्तो हुने र साउनमा उद्यम गर्नेले आबश्यक कर्जा पाउनसक्ने संभावना बलियो बन्दै गएको छ । वाणिज्य बैंकहरु जसले १२ प्रतिशत र सो भन्दा माथि मुद्धतीको ब्याज दर बिज्ञापन राखेका छन् । उनीहरुले अब त्यस्तो बिज्ञापन धमाधम हटाउँदै छन् र ११ प्रतिशत वा सो भन्दा तल झार्दैछन् । माछापुच्छ्रे बैंकले ब्याज दर १२ प्रतिशतबाट ११ प्रतिशतमा झारिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।