logo

बंगलादेश बैंकका शेयरधनीको सुझावस् मर्जरमा नजानुस्, ‘ज्वाइन्ट भेन्चर रहिरहन चाहन्छौं’

    903   पटक पढिएको

७ पुस / अर्थ र व्यापार - शेयरधनीले नेपाल बंगलादेश बैंकलाई मर्जरमा नजान सुझाव दिएका छन्। संयुक्त विदेशी लगानी रहेको बैंकलाई नेपाल राष्ट्र बैंकले जबर्जस्ती मर्जरमा जान दबाब दिन नहुने उनीहरूको तर्क छ। 
अन्य बैंकहरूसँग मर्जरमा जानुभन्दा आवश्यक परे हकप्रद शेयर निष्कासन गरेर बैंकलाई ठूलो बनाउन उनीहरूले सुझाएका हुन्। बैंकको सोमबार भएको २५औं साधारणसभामा अधिकांश शेयरधनीले मर्जरमा नजान सुझाए पनि केही शेयरधनीले भने मर्जरमा जाने बहानामा स्वाप रेसियो घटाएर बेच्ने काम नगर्न दबाब दिएका थिए। 

लैलैमा लागेर हतारमा मर्जरको निर्णय नगर्न लगानीकर्ताहरूले सुझाएका हुन्। बैंकको कतिपय नउठेको कर्जालाई लिएर उनीहरूले बैंक व्यवस्थापनलाई प्रश्न गरेका थिए। केही समय अगाडि सञ्चार माध्यममा आएका समाचारलाई लिएर बैंकले किन कम धितो मूल्यांकन भएका सम्पत्तिमा कर्जा लगानी गरेको भन्दै जवाफ मागेका थिए। 

लगानीकर्ताको प्रश्न तथा गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष जलाल अहमदले बैंकले आफ्नो लगानी फिर्ता नलैजाने बताए । आइएफआइसी बैंक आफैं ज्वाइन्ट भेन्चर भएकाले नेपालमा पनि आफ्नो ज्वाइन्ट भेन्चरलाई निरन्तरता दिइरहने उनले प्रष्ट्याए। 

अन्य बैंकहरू जस्तो नेपाल बंगलादेश बैंकलाई मर्जरमा जान सहज नभएकाले आफ्नो व्यापार विस्तारमै केन्द्रीत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।