logo

६ महिनामा १ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न राष्ट्रिय वाणिज्य बैंक सफल

    1567   पटक पढिएको

१० माघ /अर्थ र व्यापार - सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको आज ५४ औं बार्षिकोत्सव रहेको छ ।  उक्त बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल फाइनान्सीयल रिपोर्टिङ्ग स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार बैंकले ६ महिना अवधिमा सो नाफा कमाएको हो ।

एनआईडिसी डेभलपमेन्ट बैंक प्राप्तीपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४७ लाख पुगेको छ । यस अवधिमा बैंकले एक खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ३४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । ट्रेजरी विल्स् र अन्य लगानीमा बैंकले ४५ अर्ब रुपैयाँ प्रवाह गरेको छ । यस बैंकले २५३ भुकम्प पीडितहरुलाई ४२ करोड १५ लाख प्रवाह गरेको छ । सरकारी स्वामित्वको यस बैंकको आधार दर ६.३३ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७३.६२ प्रतिशत मात्र रहेको छ । कूल ग्राहक संख्या ३० लाख रहेको बैंकका ७ लाख ५० हजार मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र चार लाख ९१ हजार डेबिट कार्ड होल्डर रहेका छन् ।

बैंकले ’क्लिन आरबिबि, स्मार्ट आरबिबि’ भन्ने नाराका साथ बैंकले चालू आवमा २० शाखालाई स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । साथै बैंकले चालू आवमा देशका ११ स्थानमा आफ्नै भवन निमार्ण गर्ने समेत बताएको छ । ५४ औं वार्षिकोत्सवको अवसर पारेर बैंकले माघ १० गतेदेखि नक्साल, पुल्चोक र हेटौंडा शाखालाइ स्मार्ट ब्राञ्चको रुपमा सञ्चालनमा ल्याएको छ भने जजरकोट, रूकुम, मुस्ताङ गरि तीन शाखा विस्तार समेत गरेको छ । 

बैंकले सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ भने ७७ वटै जिल्लामा कूल २१७ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालू आवमा २३ नयाँ शाखा २५ शाखा रहित बैंकिङ्ग र ३५ एटीएम थप गर्ने बैंकको योजना छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।