logo

व्यक्तिगत घर र सवारी कर्जामा कडाईप्रति बैकर्सको विमति, मध्यमवर्गले बैंक ऋण पाउन कठिन हुने

    1522   पटक पढिएको

 ९ पुष / अर्थ र व्यापार - राष्ट्र बैंकले मंगलबार  व्यक्तिगत घर र सवारी कर्जा दिँदा समेत आम्दानीको स्रोत र कर चुक्ताको प्रमाणपत्र बुझाउनुपर्ने निर्देशन जारी गर्यो।

यो निर्देशन कार्यान्वयनमा आए मध्यमवर्गले बैंकबाट ऋण लिन कठिन हुनेछ। मध्यमवर्गले आफ्नो कमाईबाट आर्जन गरेको केही आम्दानी र बैंक ऋण लिएर घर र सवारी साधन उपभोग गरिरहेका थिए।
यो निर्देशनले बैंक तथा वित्तिय संस्थाको ऋण लगानीमा समेत संकुचन आउनेछ। रिटेल बैकिङको रुपमा बैंक तथा वित्तिय संस्थाले ठूलो रकम व्यक्तिगत घर र सवारी कर्जाको रुपमा प्रवाह गरिरहेका छन्। यो निर्देशनप्रति बैकर्सले समेत असहमति जनाएको छ। बैकर्स एशोसिएसनले लिखित रुपमै राष्ट्र बैंकलाई संशोधनका लागि आग्रह गर्ने भएको छ।

राष्ट्र बैंकको निर्देशनमा भनिएको छ -‘व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका कर्जा प्रवाह गर्दा ऋणीको आय स्रोत खुल्ने प्रमाणित कागजात संलग्न हुनु पर्ने छ। त्योसँगै ऋणीले पेश गरेको आम्दानीको श्रोतमा कर चुक्ता गरेको प्रमाणपत्रका आधारमा मात्रै ऋणीको वार्षिक कुल आय गणना गर्नुपर्ने व्यवस्था निर्देशनमा छ। यो निर्देशन कार्यान्वयन भएमा मध्यम वर्गले ऋण पाउनै कठिन हुने बैकर्स बताउँछन्।

 ‘व्यक्तिगत कर्जाका लागि कर चुक्ताको प्रमाणपत्र लिएर आउने ऋणी अत्यन्तै न्यून छ। अझ घरभाडा, कृषि क्षेत्रबाट हुने आम्दानी र विदेशबाट रेमिटेन्स पठाएको रकमको कर तिरेको तिरो कहाँबाट ल्याउने’ एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने,’यो सम्भवै नहुने निर्देशन आएको छ।’ उनका अनुसार यो व्यवस्थाले अव हुने कर्जा प्रवाह र भैसकेका कर्जा प्रवाहमा अप्ठ्यारो पर्नेछ।

निर्देशन सैद्धान्तिक रुपमा ठीक भए पनि व्यवहारिक रुपमा कठिनाई देखिएकोले राष्ट्र बैंकसँग छलफलमा जाने तयारी भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। उनले निर्देशनले पार्ने व्यवहारिक कठिनाई र त्यसको असरका बारेमा अध्ययन भइरहेको बताए।

उनका अनुसार अध्ययन पछि बैंकर एशोसिएसनले राष्ट्र बैंकसँग छलफल गर्नेछ। ‘दुबै पक्षलाई हेर्ने क्रममा सर्प पनि नमर्ने र लठ्ठी पनि नभाचिने हिसावले काम गर्नु पर्ने अवस्था आएको छ,’ उनले भने। तत्काल यो व्यवस्था लागु भए कर्जा प्रवाह कठिन भएको बताउँदै उनले मध्यमार्गी बाटो लिनुपर्ने बताए।

राष्ट्र बैंकले ऋण भुक्तानी आम्दानी अनुपात कायम गर्नका लागि समेत निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत प्रकृतिका आवधिक कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर व्यवसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएको छ।

उदाहरणका लागि यदि कुनै ऋणीले एक लाख रुपैयाँ आम्दानी गर्छ भने ५० हजार रुपैयाँ खर्च भएपनि ५० हजार रुपैयाँ ब्याज तिर्ने परिकल्पनासहित बैंक तथा वित्तिय संस्थाले ऋण दिन्थ्यो। यस अगाडि बैंकहरु आफैले स्रोत हेरेर कर्जा प्रवाह गर्ने गरेका थिए। ऋणीको क्षमताको आधार हेरेर गणनाको व्यवस्था हुनुपर्ने दाहाल बताउँछन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।