logo

आशा लघुवित्तको साधरण शेयर भर्ने आज अन्तिम दिन

    1104   पटक पढिएको

२२ माघ /अर्थ र व्यापार  - आशा लघुवित्त वित्तीय संस्थाले माघ १८ गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपिओ) मा तीन दिनमा करिब १५ गुणाको आवेदन परेको छ । सर्वसाधारणमा निष्काशन भएको ६ करोड ३० लाखको शेयरमा माघ २१ गते बेलुका ५ बजेसम्ममा ९२ करोड २ लाख रुपैयाँ बराबरको शेयर माग भएको हो ।

लघुवित्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार बेलुकासम्म दुई लाख ४५ हजार आवेदनबाट ९२ लाख २ हजार कित्ता शेयरको लागि आवेदन परेको छ । कम्पनीले शुक्रबारदेखि कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि छुट्टाइएको छ । ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि सर्वसाधारणले माघ २२ गते मंगलबारसम्म आवेदन गर्न सक्नेछन् । 

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आईपिओमा आवेदन गर्न सक्नेछन् भने मेरो शेयर प्रयोगकर्ताले उक्त सफ्टवेयर मार्फत माघ २२ गतेसम्म आवेदन गर्न सक्नेछन् । लघुवित्तले निष्काशन गर्न लागेको आईपिओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपि आइपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ । हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आईपिओ जारी गरेपछि २० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । आईपिओ पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकतर्फ ६७.५ प्रतिशत र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत कायम हुनेछ ।

नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले देशभरका विभिन्न २४ जिल्लामा ४३ ओटा शाखा कार्यालय स्थापना गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । गत भदौ १७ गते आईपिओ निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको लघुवित्तले पुस २९ गते स्वीकृति पाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २६ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले चालू आर्थिक वर्षको अन्त्यसम्ममा २ करोड ७५ लाख ६० हजार खुद मुनाफा गर्ने अनुमान गरेको छ । यस्तै आर्थिक वर्ष २०७६र७७ मा ६ करोड २७ लाख ८२ हजार र आर्थिक वर्ष २०७७र७८ मा ६ करोड ८१ लाख ३३ हजार खुद नाफा आर्जन गर्ने लघुवित्तको प्रक्षेपण छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।