logo

अब अनुजमणि तिमिल्सिना कुमारीको नायव प्रमुख कार्यकारी

    2210   पटक पढिएको

२५ भदौ / अर्थ र व्यापार – संचालकबीच विवाद चुलिएपछि सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका अनुजमणि तिमिल्सिना कुमारी बैंक जाने भएका छन् । उनी नायव प्रमुख कार्यकारीका रुपमा कुमारी बैंक जान लागेका हुन् । सेञ्चुरी बैंकमा राजिनामाको प्रकृया सकिएपछि तिमिल्सिना त्याहाँबाट बाहिरिने छ । केही कागजी कामहरु मात्र बाँकी छ ।

सबैभन्दा कान्छो वाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरीमा संचालक बीचको विवाद चरमोत्कर्षमा पुगेको छ । बैंक संचालनमा आउने बित्तिकैदेखि नै सञ्चालकबीच मनमुटाव सुरु भएको थियो । केही समयपछि मथ्थर भएको विवाद फेरि चर्किएको थियो । बैंकमा संचालक समितिमा दुई खेमा छन्, सोही कारण कुनैपनि काम अघि बढ्न सकेको थिएन ।

तिमिल्सिनालाई निरन्तरता दिने र नदिने विषयमा नै अहिले सञ्चालकहरु विभाजित थिए । तिमिल्सिनाको पक्षमा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, लक्ष्मणकुमार श्रेष्ठ र अभिषेक बजाचार्य थिए भने विपक्षमा उमाकुमारी श्रेष्ठ, महेशकुमार अग्रवाल, सुनिलकुमार न्यौपाने र राजेशराज दली थिए ।

विवादकै कारण बैंकका सहायक महाप्रबन्धक मनिष तिमिल्सिनाले अनुजभन्दा अगाडि नै राजीनामा दिएका थिए । डेपुटी प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र तिमिल्सिना बीच पनि विवाद थियो । सबैतिरको विवादकै कारण तिमिल्सिनाले ल्याएका व्यवसायिक प्रस्ताव बोर्डबाट स्वीरकृत हुन सकेका थिएनन् ।

तिमिल्सिनाले कुनै ठूलो व्यवसाय ल्याउँदा संचालक लगायत व्यवस्थापन समूहबाटै असहयोग हुन्थ्यो । बैंकको कुनैपनि काम अघि बढाउन कठिन भएपछि राजीनामा दिनुको विकल्प थिएन । तिमिल्सिनाले राजीनामा दिएपछि नयाँ सिइओको समेत खोजी भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।