logo

लघुवित्तको पुँजी वृद्धि तत्काल नगर्ने

    1312   पटक पढिएको

२५ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । गएको वर्षदेखि बजेट वक्तव्य तथा मौन्द्रिक नीतिमा उच्च प्राथमिकता पाएपनि हालसम्म पूर्वाधार बैंक स्थापनाको विषय कागजमात्र सीमित रहेकोले सो स्थापनाको लागि विशेष व्यवस्था ल्याउने भएको छ । राष्ट्र बैंकले पूर्वाधार बैंक स्थापनाका लागि सक्रिय पहल थाल्नेगरी मौद्रिक नीतिमा उल्लेख गर्नेछ । 

देश संघीयतामा गएको हालको अवस्थामा स्थानीय तहको पूर्वाधार विकासका लागि पूर्वाधार विकास बैंक खोल्न अपरिहार्य भएको राष्ट्र बैंकले ठहर गरेको छ । पूर्वाधार क्षेत्रको विकास निर्माणको परिल्पना चालु आवकै मौद्रिक नीतिमा गरिएको थियो । तर, अहिलेसम्म उक्त परिकल्पना साकार हुन सकेको छैन । अहिले भने देश विकासको लागि पूर्वाधार विकास बैंक अपरिहार्य भएको छ ।

आवमा बैंक तथा वित्तीय संस्थामा व्याजदर निकै उतारचढाव आएकोले आगामी आवको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याज दर स्थायित्व कायम गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी गरेको हो । व्याजदर स्थायित्व कायम गर्ने नयाँ योजना सहित कर्जा निक्षेपको अनुपात स्प्रेड दर पनि एकदेखि आधा प्रतिशतसम्म घटाउने तयारीमा राष्ट्र बैंक रहेकोे छ ।
त्यसरी नै पूनर्कर्जा कोषको रकम बढाउने छ भने गाडी कर्जाको डाउनपेमेन्ट पनि घटाउने भएको छ । पछिल्लो सयमा राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको समीक्षामा उत्पादन क्षेत्रमा लगानी बढाउने योजनालाई प्राथमिकतामा राख्दै गाडि कर्जामा केही कडाई गरेको थियो । ८० प्रतिशतसम्म बेैकले लगानी गरेको गाडीमा खरिद प्रक्रियालाई ५० प्रतिशतभन्दा माथि डाउनपेमेन्ट गर्न नपाउने व्यवस्था गरेको थियो । यस बारेमा आगामि मौद्रिक नीतिले केही सहजीकरण गर्ने छ । जसमा ३० प्रतिशतसम्म डाउनपेमेन्ट तिरेर गाडी खदिर गर्न पाउने व्यबस्था गर्न लागिएको हो ।

राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको उत्पादन क्षेत्रको कर्जालाई कडाइ गर्ने भएको छ । हाल तोकिएको २० प्रतिशतलाई २५ देखि ३० प्रतिशतसम्मको अनिवार्य व्यवस्था गर्ने भएको छ । हाल उत्पादनशिल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले कुल लगानीको १७ प्रतिशतमात्र गरेका छन् ।

रियल स्टेट तथा अन्य अनुत्पादक क्षेत्रलाई विस्तारै कडाई गर्दै लैजाने नीति मौद्रिक नीतिले लिने छ । राष्ट्र बैंकले उत्पादन क्षेत्रमा लगानी बढाउँदै लैजाने नीतिलाई साहाकार पार्न, देशभित्र रोजगारी सिर्जना गर्न अनुत्पादक क्षेत्रको लगानी क्रमश कम गर्दै लैजाने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई ४ गुणा बढी पुँजीबृद्धि योजना लागू गरेको राष्ट्र बैंकले लघुवित्तको पुँजी वृद्धि गर्ने योजना केही समय अघि छलफल गरेपनि हाल नबनाउने भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।