logo

अमेरिकामा नेपाली कम्यूनिटी बैंक ‘एभरेष्ट क्रेडिट युनियन’लाई सञ्चालन अनुमति

    1751   पटक पढिएको

११ भदौ/अर्थ र व्यापार– अमेरिकामा नेपालीद्धारा स्थापित एभरेष्ट फेडरल क्रेडिट युनियनलाई अमेरिकी केन्द्रीय सरकार अन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए) ले सञ्चालन अनुमति दिएको छ । 

जटिल कानुनी प्रकृया, सर्भे, व्यवसायीक एवं बजारीकरण योजना लगायतका प्रावधानहरु पुरा गरेपछि एनसियुएले सञ्चालन अनुमति दिएको संस्थाले विज्ञप्ती मार्फत जनाएको छ । 

संस्थाले अब छिटै निक्षेप संकलन, कर्जा प्रवाह, क्रेडिट कार्ड जारी लगायतका वित्तीय कारोबार सुरु गर्ने समेत जनाएको छ । 
संस्था सञ्चालनलगत्तै अब यहाँ रहेका नेपाली समुदायले पहिलो चरणमा चेकिङ एकाउण्ट, सेभिङ एकाउण्ट, रिटायरमेन्ट एकाउण्ट, विशेष मुनाफा वितरण हुने स्पेसल एकाउण्ट, डेबिट कार्ड, सवारीसाधन ऋण, व्यक्तिगतऋणजस्ता सुविधा पाउने जनाइएको छ। 
साथै, संस्थाले क्रेडिट कार्ड, विद्यार्थी ऋण, साना व्यवसाय ऋण, घर खरिद ऋण, तथा अन्य वैकिङ सुविधा पनि छिटै संचालनमा ल्याउने जनाएको छ । 

अमेरिकामा बसोवास गर्ने सबै नेपालीहरुलाई सदस्य एवं निक्षेपकर्ता बनाएर सुविधा प्रदान गर्ने लक्ष्य राखेको हुँदा संस्थाले सबै राज्यमा शाखा खोल्ने अनुमति पाएको छ । पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्ता पुर्याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने संस्थाले जनाएको छ ।

न्यूयोर्कपछि नेपालीहरुको धेरै बसोबास रहेका टेक्सास, क्यालिफोर्निया, वासिङटन डिसी, जस्ता अन्य ठाउँहरुमा शाखा विस्तार गर्ने जनाइएको छ ।

अमेरिकामा बिभिन्न देशबाट आएका आप्रबासीको संख्या एवं आर्थिक गतिबिधी बढ्दै गएपछि समुदायको आर्थिक हित प्रबर्द्धनको मूल उध्येश्य लिएर यस्तो युनियन सञ्चालनमा ल्याउन सफल भएको उदाहरण देखिन्छ । 

अमेरिकी सरकारले यस्ता सामुदायीक बैंकलाई कर छुट दिने हुँदा अरु बाणिज्य बैंकको तुलनामा यिनीहरुका ऋणीले कम ब्याजदरमा कर्जा पाउने एवं बचतकर्ताले धेरै ब्याज पाउने संस्थाले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।