logo

बैंकहरुको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी भने घट्यो

    1390   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार – सामान्यतः बैंकहरुको नाफा बढ्दै जाँदा प्रतिसेयर आम्दानी पनि सोही आधारमा बढ्दै जान्छ । नाफा र प्रतिसेयर आम्दानीबीच सकारात्मक सम्वन्ध रहने गरे पनि यतिबेला यो सिद्धान्त उल्टो देखिएको छ । अर्थात बैंकहरुको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घट्न गएको छ । यसको प्रमुख कारण कम्पनीहरुले छोटो समयमै ठूलो रकममा चुक्ता पुँजी बढाउनुपनर्घे वाध्यता रहेको हो ।

पुँजी पुर्याउनकै लागि ठूलो परिमाणमा हकप्रद जारी गर्ने बैंकहरुको प्रतिसेयर आम्दानीमा झन् ठूलो गिरावट देखिन्छ । सिद्धार्थ, कृषि विकास, सानिमा, सिटिजन्स, नेपाल बंगलादेश, एभरेष्ट, कुमारी, सेन्चुरी कमर्सियल र जनता बैंकको उच्च दरले घटेको प्रतिसेयर आम्दानीले त्यही कुरालाई प्रष्ट पार्दछ । 

हकप्रद जारी नगरेका बैंकहरुले भने प्रतिसेयर आम्दानीलाई धेरै हदसम्म सन्तुलनमा राख्न सफल भएका छन् । ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट, नविल बैंक त्यसैका उदाहरण हुन् । तिमध्ये ग्लोबल आइएमईको प्रतिसेयर आम्दानी बढेको छ भने नविल र इन्भेष्टमेन्टको गिरावट अन्तर न्यून छ ।

कतिपयले हकप्रद जारी भएर पनि त्यसको हिसाव चौथो त्रैमासको विवरणमा राख्न भ्याएनन् । प्रभु र सिभिल बैंक ४० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् । मेगा बैंकले ६५ प्रतिशत हकप्रद जारी गर्न हालै स्वीकृति पाएको छ । ८ अर्ब पुर्याउँदा ति कम्पनीको प्रतिसेयर आम्दानी अझ खस्किने छ ।

पुँजी वृद्धिपछि बैंकहरुको व्यवसाय ५ देखि ३० प्रतिशत सम्म मात्रै बढेको छ । पुँजी वृद्धिपछि आगामी दिनमा प्रतिसेयर आम्दानी पनि क्रमिक रुपमा बढ्दै जाने उल्लेख छ । पुँजी बढेपछि व्यवसाय पनि बढ्न जान्छ, यसले आगामी दिनहरुमा प्रतिसेयर आम्दानी अवश्य बढ्नेछ । यो वर्ष व्यवसायको वृद्धिभन्दा पुँजी वृद्धिदर ठूलो हुन पुग्यो र प्रतिसेयर आम्दानी घट्यो ।

गत वर्ष कुमारीबाहेक सबैको नाफा बढेको छ, भने पाँच बैंकबाहेक सबैको प्रतिसेयर आम्दानी घटेको छ । प्रतिसेयर आम्दानी बढ्ने केहीले पुँजी वृद्धिलाई नसमेट्दा त्यसो असर परेको हो ।

बैंकहरुले निकाल्ने वित्तीय विवरणमा लगानीकर्ताले नाफाभन्दा पनि प्रतिसेयर आम्दानीमा सबैभन्दा धेरै चासो दिने गरेको पाइन्छ । आफ्नो लगानीअनुसार प्रतिफल दिन सक्ने कमाई गरे नगरेको यसैबाट थाहा हुने भएकाले प्रतिसेयर आम्दानीमा चासो बढेको हो ।

गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा प्रतिसेयर आम्दानीमा कतिपय बैंकहरुले झुक्याएका छन् । थपिएको पुँजीलाई समेत नसमेटिकन प्रतिसेयर आम्दानी देखाइँदा लगानीकर्ता झुक्किएका छन् ।

यद्यपी यस्तो प्रतिसेयर आम्दानी आफैले क्याल्कुलेसन गरेर निकाल्न पनि सकिन्छ । खुद नाफालाई सूचीकृत सेयर संख्याले भाग गरेपछि वार्षिक प्रतिसेयर आम्दानी निस्किन्छ । चुक्ता पुँजीलाई पहिले १ सयले भाग गरेपछि सेयर संख्या पत्ता लगाउन सकिन्छ । बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याउँदा उसको प्रतिसेयर आम्दानीमा हुन सक्ने गिरावटलाई पनि मूल्याङ्कन गर्न अहिलेको वित्तीय विवरणले सघाउँछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।