logo

कृषि विकास बैंकद्वारा शेयरधनीलाई डिम्याट बैंक खाता अद्यावधिक गर्न आग्रह

    1529   पटक पढिएको

२७ फागुन/ अर्थ र व्यापार  - कृषि विकास बैंकले कागजी शेयर प्रमाणपत्र भएका आफ्ना शेयरधनीलाई शेयर  अभौतिकिकरण (डिम्याट) गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकले सोमबार सूचना जारी गरेर सो बताएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश साधारण सभाबाट पारित भएपछि सिधै शेयरधनीको खातामा वितरण गर्ने भएकाले शेयर डिम्याट र बैंक खाता अद्यावधिक गराउन सूचित गरेको हो । 

सूचना मार्फत कृषि विकास बैंकले हालसम्म पनि बैंक खाता अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली आफ्नो शेयर अभौाितकीकरण गराउन आग्रह गरेको हो । सभाबाट पारित नगद लाभांश हितग्राही खातामा बैंकको खाताको विवरण अद्यावधिक गराएपछि मात्र नगद लाभांश जम्मा गरिने बैंकले स्पष्ट पारेको छ । बोनस शेयर भने नेप्सेमा सस्चीकरण पश्चात मात्र डिम्याट खातामा वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्ष २०७४र७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सहित कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । सो लाभांश अनुमोदन गर्न बैंकले चैत्र १५ गते बैंकको केन्द्रीय तालिम केन्द्र बोडे भक्तपुरमा बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कृषि विकास बैंकको साधारण सभा र लाभांश प्रयोजनका लागि फागुन १६ देखि चैत १५ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गरिसकेको छ । यसअनुसार  फागुन १५ गते गर्ने बुधबारसम्म कायम रहेका शेयरधनीले मात्र साधारण सभाबाट पारित हुने गत आर्थिक वर्षको लाभांश पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।