logo

बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका सीइओ भुवन दाहाललाई बनाउने सहमति

    1142   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार -  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बन्ने भएका छन् । इच्छुक उम्मेद्धार नपाइएकाले अहिलेका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई नै दोहोर्याउने पहल भइरहेका बेला दाहालले इच्छा देखाएपछि उनको नाममा सहमति बनेको हो ।

जेन्टल बैंकर भनेर चिनिने दाहालको सबै क्षेत्रसँग राम्रो सम्बन्ध छ । त्यसतिमात्रै होइन, मिजासिलो स्वभावका दाहालसँग विषयवस्तुको राम्रो ज्ञान छ र त्यसलाई सरलरुपमा सरोकारवालाहरुलाई बुझाउन सक्ने क्षमता पनि छ ।

‘दाहालजी अध्यक्ष हुनुभयो भने अर्थ मन्त्रालय, राष्ट्र बैंक, संसदीय समिति, मिडिया र अन्य बैंकरहरु सबैलाई समेटेर अघि बढ्न सक्नुहुन्छ,’ एक बैंकरले भने, ‘आजका दिनमा सबै क्षेत्रमा हम्रो लबिङ बलियो बनाउनु आवश्यक छ ।’

संघका पूर्वअध्यक्ष अशोक राणा र अनिल शाहले नै दाहाललाई अध्यक्ष बन्न प्रस्ताव गरेका हुन् । त्यसैगरी, नेपाल बैंकका अध्यक्ष बासुदेब अधिकारी, बैंक अफ काठमाण्डूका सीइओ सोभनदेव पन्त लगायतका बैंकरहरुले पनि दाहाललाई अध्यक्ष बन्न प्रस्ताव गरे । संघका अहिलेका अध्यक्ष ढुंगानाले पनि दाहाललाई अध्यक्ष बनाउने कुराको स्वागत गरेका छन् ।

‘पूर्वअध्यक्ष र सीइओहरुले अध्यक्ष बन्न प्रस्ताव गरेपछि मैले त्यसलाई स्वीकार गरेको छु,’ दाहालले अर्थ र व्यापारसँग भने, ‘तर, को अध्यक्ष हुन्छ भन्ने कुरा चाहीँ आगामी मंगलबार मात्रै थाहा हुन्छ ।’

संघले आगामी नेतृत्व चयन गर्नका लागि निर्वाचनको मिति र निर्वाचन कमिटि पनि गठन गरेको छ । जसअनुसार आगामी मंसिर १७ गतेसम्म उम्मेद्धारी दिने, १८ गते उम्मेद्धारी फिर्ता लिने र १९ गते हुने साधारणसभाले नेतृत्व चयन गर्ने कार्यतालिका छ ।

संघले निर्वाचन अधिकृतको रुपमा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मालाई नियुक्ति गरेको छ ।‘अर्को कुनै बैंकरले अध्यक्षका लागि आवेदन दियो भने मात्रै चुनाब हुन्छ, नत्र भुवनजी नै अबको सर्वसम्मत अध्यक्ष हो,’ पूर्वअध्यक्षसमेत रहेका हिमालयन बैंकका सीइओ अशोक राणाले भने । यद्यपि अहिलेका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आगामी ३ महिनाका लागि आफूलाई नै अध्यक्षमा निरन्तरता दिनका लागि बैंकरहरुसँग लबिङ गरिरहेका छन् ।

‘अब ३ महिनाको समय दिनुभयो भने गर्न बाँकी रहेका केही काम पूरा गरेर बाहिरिन्छु,’ ढुंगानाको भनाई उदृत गर्दै एक बैंकरले भने । तर, बैंकरहरुले भने एकै व्यक्ति लगातार २ पटक अध्यक्ष हुनु राम्रो नभएको बताउँदै आएका छन् ।

‘हामी कर्पोरेट गभर्नेन्सको कुरा गर्छौं भने भोलेन्टियर अर्गनाइजेशनमा किन दोहोर्याउने ?’ एक बैंकरले प्रश्न गरे, ‘भुवनजी अध्यक्ष बन्न तयार हुनुभएको छ, त्यसैले उहाँलाई नेतृत्व दिनुपर्छ ।’ संघका पूर्वअध्यक्ष समेत रहेका नविल बैंकका सीइओ अनिल शाह पनि फेरि अध्यक्ष बन्नका लागि इच्छा देखाएका थिए । तर, बैंकरहरुले नयाँ मान्छेलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘मंगलबारसम्ममा अर्को समिकरण भएन भने भुवन दाहालजी नै अबको अध्यक्ष हो,’ एक बैंकरले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।