logo

बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका सीइओ भुवन दाहाललाई बनाउने सहमति

    1511   पटक पढिएको

१५ मंसिर / अर्थ र व्यापार -  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बन्ने भएका छन् । इच्छुक उम्मेद्धार नपाइएकाले अहिलेका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई नै दोहोर्याउने पहल भइरहेका बेला दाहालले इच्छा देखाएपछि उनको नाममा सहमति बनेको हो ।

जेन्टल बैंकर भनेर चिनिने दाहालको सबै क्षेत्रसँग राम्रो सम्बन्ध छ । त्यसतिमात्रै होइन, मिजासिलो स्वभावका दाहालसँग विषयवस्तुको राम्रो ज्ञान छ र त्यसलाई सरलरुपमा सरोकारवालाहरुलाई बुझाउन सक्ने क्षमता पनि छ ।

‘दाहालजी अध्यक्ष हुनुभयो भने अर्थ मन्त्रालय, राष्ट्र बैंक, संसदीय समिति, मिडिया र अन्य बैंकरहरु सबैलाई समेटेर अघि बढ्न सक्नुहुन्छ,’ एक बैंकरले भने, ‘आजका दिनमा सबै क्षेत्रमा हम्रो लबिङ बलियो बनाउनु आवश्यक छ ।’

संघका पूर्वअध्यक्ष अशोक राणा र अनिल शाहले नै दाहाललाई अध्यक्ष बन्न प्रस्ताव गरेका हुन् । त्यसैगरी, नेपाल बैंकका अध्यक्ष बासुदेब अधिकारी, बैंक अफ काठमाण्डूका सीइओ सोभनदेव पन्त लगायतका बैंकरहरुले पनि दाहाललाई अध्यक्ष बन्न प्रस्ताव गरे । संघका अहिलेका अध्यक्ष ढुंगानाले पनि दाहाललाई अध्यक्ष बनाउने कुराको स्वागत गरेका छन् ।

‘पूर्वअध्यक्ष र सीइओहरुले अध्यक्ष बन्न प्रस्ताव गरेपछि मैले त्यसलाई स्वीकार गरेको छु,’ दाहालले अर्थ र व्यापारसँग भने, ‘तर, को अध्यक्ष हुन्छ भन्ने कुरा चाहीँ आगामी मंगलबार मात्रै थाहा हुन्छ ।’

संघले आगामी नेतृत्व चयन गर्नका लागि निर्वाचनको मिति र निर्वाचन कमिटि पनि गठन गरेको छ । जसअनुसार आगामी मंसिर १७ गतेसम्म उम्मेद्धारी दिने, १८ गते उम्मेद्धारी फिर्ता लिने र १९ गते हुने साधारणसभाले नेतृत्व चयन गर्ने कार्यतालिका छ ।

संघले निर्वाचन अधिकृतको रुपमा संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मालाई नियुक्ति गरेको छ ।‘अर्को कुनै बैंकरले अध्यक्षका लागि आवेदन दियो भने मात्रै चुनाब हुन्छ, नत्र भुवनजी नै अबको सर्वसम्मत अध्यक्ष हो,’ पूर्वअध्यक्षसमेत रहेका हिमालयन बैंकका सीइओ अशोक राणाले भने । यद्यपि अहिलेका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आगामी ३ महिनाका लागि आफूलाई नै अध्यक्षमा निरन्तरता दिनका लागि बैंकरहरुसँग लबिङ गरिरहेका छन् ।

‘अब ३ महिनाको समय दिनुभयो भने गर्न बाँकी रहेका केही काम पूरा गरेर बाहिरिन्छु,’ ढुंगानाको भनाई उदृत गर्दै एक बैंकरले भने । तर, बैंकरहरुले भने एकै व्यक्ति लगातार २ पटक अध्यक्ष हुनु राम्रो नभएको बताउँदै आएका छन् ।

‘हामी कर्पोरेट गभर्नेन्सको कुरा गर्छौं भने भोलेन्टियर अर्गनाइजेशनमा किन दोहोर्याउने ?’ एक बैंकरले प्रश्न गरे, ‘भुवनजी अध्यक्ष बन्न तयार हुनुभएको छ, त्यसैले उहाँलाई नेतृत्व दिनुपर्छ ।’ संघका पूर्वअध्यक्ष समेत रहेका नविल बैंकका सीइओ अनिल शाह पनि फेरि अध्यक्ष बन्नका लागि इच्छा देखाएका थिए । तर, बैंकरहरुले नयाँ मान्छेलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘मंगलबारसम्ममा अर्को समिकरण भएन भने भुवन दाहालजी नै अबको अध्यक्ष हो,’ एक बैंकरले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।