logo

एफएनसीसीआई र सनराइज बैंकबीच सम्झौता, महिला उद्यमीलाई सहुलियतमा ऋण दिने

    1228   पटक पढिएको

२१ पुष / अर्थ र व्यापार - उद्यमशीलता विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमति भएको छ।

महासंघकी अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरे। सहमतिअनुसार महासंघमा आबद्ध उद्यमीहरूलाई बैंकले उपलब्ध गराउने कर्जा लिँदा सहुलियत दिने र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ।

यो सहमतिबाट महासंघमा आबद्ध उद्यमीमा बैंकिङ पहुँच पुग्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा अध्यक्ष राणाले  महिलालाई अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्न सहमति कोशेढुंगा हुने विश्वास व्यक्त गरिन्।

उनले आर्थिक रूपमा महिला सशक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै महासंघ र बैंक बीचको सहकार्यले महिलाको आर्थिक सशक्तिकरणमा सहयोग र्पुयाउने दाबी गरिन्। सनराइज बैंककी नायब प्रमुख कार्यकारी अधिकृत अधिकारीले महासंघसँगको सहकार्यबाट आफूहरू निकै उत्साहित भएको बताइन।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।