logo

आइतबारबाट थप तीन क्लियरिङ बैंक संचालनमा आउने

    1437   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – आगामी आइतबारबाट थप तीन क्लियरिङ बैंक मार्फत धितोपत्र कारोबारको राफसाफ हुनेछ । कम्पनीले नयाँ कार्यालयको उद्घघाटन गरिसकेको छ ।

आइतबार बाट नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकगरी चार वटा बैंकबाट धितोपत्र कारोबारको राफसाफ हुने छ । जसका लागि नेपाल इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको रुपमा समेत छनौट गरिएको छ ।

आगामी असार १८ गतेबाट हुने सबै कारोबारहरु मल्टी क्लियरिङ बैंक मार्फत सेटलमेन्ट हुनेछ । यो प्रणाली धितोपत्रबजार विकासका लागि कोसेढुङा साबित हुने दाबीे गरेको छ ।

साथै सिडिएसिले धितोपत्र खरिद सम्बन्धि दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नका लागि सम्पूर्ण निष्काशन प्रक्रियामा संम्लग्न निकायलाई एकै स्थानबाट केन्द्रिकृत रुपमा निष्काशन सम्बन्धि आवश्यक सेवा प्रदान गर्न सेन्ट्रलाइज आस्वा प्रणाली संचालनमा ल्याउने भएको छ ।

यो प्रणाली हिमालयन पावर पार्टनरको आइपिओमा केही बैंक तथा वित्तीय संस्थाबाट सफलतापूर्वक परिक्षण गरिएकोे छ । आगामी सार्वजनिक निष्कासनबाट यो सेवा अनिवार्य रुपमा लागू गरिने छ ।

त्यस्तै सिडिएससिले हितग्राहीको सुविधाको लागि मेरो शेयर नामक सफ्टवेयर मार्फत अनलाइन सेवा समेत संचालनमा ल्याएको छ । उक्त सेवा लिने हितग्राहीको संख्या ३७ हजार पुगेकोे छ । साथै कम्पनीले आगामी दिनमा पूँजीबजारको विकास र विस्तारका लागि थप नयाँ सेवा संचालनमा ल्याउने छ ।

सिडिएससिले पुतलीसडक स्थित शेयर मार्केट्स कर्म्शियल कम्पलेक्समा आफ्नो कार्यालय संचालनमा गर्दे आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।