logo

आइतबारबाट थप तीन क्लियरिङ बैंक संचालनमा आउने

    1829   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – आगामी आइतबारबाट थप तीन क्लियरिङ बैंक मार्फत धितोपत्र कारोबारको राफसाफ हुनेछ । कम्पनीले नयाँ कार्यालयको उद्घघाटन गरिसकेको छ ।

आइतबार बाट नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकगरी चार वटा बैंकबाट धितोपत्र कारोबारको राफसाफ हुने छ । जसका लागि नेपाल इन्भेष्टमेन्ट बैंकलाई मुख्य बैंकको रुपमा समेत छनौट गरिएको छ ।

आगामी असार १८ गतेबाट हुने सबै कारोबारहरु मल्टी क्लियरिङ बैंक मार्फत सेटलमेन्ट हुनेछ । यो प्रणाली धितोपत्रबजार विकासका लागि कोसेढुङा साबित हुने दाबीे गरेको छ ।

साथै सिडिएसिले धितोपत्र खरिद सम्बन्धि दरखास्तको आवश्यक जाँचबुझ तथा हितग्राही खाता रुजु गर्नका लागि सम्पूर्ण निष्काशन प्रक्रियामा संम्लग्न निकायलाई एकै स्थानबाट केन्द्रिकृत रुपमा निष्काशन सम्बन्धि आवश्यक सेवा प्रदान गर्न सेन्ट्रलाइज आस्वा प्रणाली संचालनमा ल्याउने भएको छ ।

यो प्रणाली हिमालयन पावर पार्टनरको आइपिओमा केही बैंक तथा वित्तीय संस्थाबाट सफलतापूर्वक परिक्षण गरिएकोे छ । आगामी सार्वजनिक निष्कासनबाट यो सेवा अनिवार्य रुपमा लागू गरिने छ ।

त्यस्तै सिडिएससिले हितग्राहीको सुविधाको लागि मेरो शेयर नामक सफ्टवेयर मार्फत अनलाइन सेवा समेत संचालनमा ल्याएको छ । उक्त सेवा लिने हितग्राहीको संख्या ३७ हजार पुगेकोे छ । साथै कम्पनीले आगामी दिनमा पूँजीबजारको विकास र विस्तारका लागि थप नयाँ सेवा संचालनमा ल्याउने छ ।

सिडिएससिले पुतलीसडक स्थित शेयर मार्केट्स कर्म्शियल कम्पलेक्समा आफ्नो कार्यालय संचालनमा गर्दे आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।