logo

 सिद्धार्थ डेभलपमेन्टको साढे आठ लाख कित्ता सेयर लिलामीमा

    1770   पटक पढिएको

७ असार / अर्थ र व्यापार - जनता बैंकसँग एक बराबर एक अनुपातमा एक्वायरमा गएको सिद्धार्थ डेभलपमेन्ट बैंकले असार १४ गतेदेखि आठ लाख ५७ हजार चार सय ३७ कित्ता सेयरको लिलामी गर्ने भएको छ । बैंकले संस्थापक समूह तर्फको चार लाख पाँच हजार ८८८ दशमलव ४५ कित्ता तथा सर्वसाधारण समूहतर्फको चार लाख ५१ हजार ५४८ दशमलव ५६ कित्ता सेयरको लिलामी गर्ने भएको हो । 

सिद्धार्थ डेभलपमेन्टको सेयर विक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लिलामी सेयर सकार्न ईच्छुक लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकार्ताले लिलामी गर्दा न्यूनतम एक सय कित्ता वा अधिकतम सबै कित्तासम्मकोलागि समेत आवेदन गर्न सक्नेछन् । त्यस्तै न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढि मूल्य अंकित गरि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । अधिकतम मूल्यमा अंकित गर्ने बोलकबोलदातालाई प्राथमिकता दिएर सेयर बाँडफाँड हुनेछ ।

प्राप्त बोलपत्रहरु असार २३ गते दिउँसो १ बजे क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा खुला गरिने छ । लिलमीमा सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई क्यापिटलले सेयर बाँडफाँड भएको तेस्रो दिनदेखि क्यापिटलको कार्यालय वा सोझै नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणालीमार्फत खातामा नै फिर्ता गर्नसक्ने छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म ६० प्रतिशत बराबरको ८५ लाख १५ हजार पाँच कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २७.०९ रुपैयाँ कायम गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।