logo

सनराइज बैंकको ७ लाख कित्ता सेयरमा लिलामी खुल्यो

    1528   पटक पढिएको

८ असोज / अर्थ र व्यापार – सनराइज बैंकको हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूह गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामीमा आएको छ । बैंकको लिलामीको सेयरमा असोज ८ देखि २२ गतेसम्म आवेदन गर्न पाइनेछ । लिलामीको सेयर सकार्ने लगानीकर्ताले समेत बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

सनराइजले लिलामी गर्न लागेको सेयरमध्ये ७२ हजार ६१२ कित्ता संस्थापक र ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ । बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १० बराबर तीनको अनुपातमा एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामी गर्न लागेको हो ।

लिलामीमा सेयर किन्न इच्छुक लगानीकर्ताले बैंकको बिक्री प्रवन्धक सनराइज क्यापिटलमा असोज २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरेर आवेदन गर्नुपर्नेछ ।

संस्थापकतर्फ न्यूनतम हजार कित्ता र साधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि सिमा नतोकिएकोले १० ले भाग जाने गरी लिलामीमा आएका सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

७ अर्ब एक करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गतबर्ष एक अर्ब १६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको छ । बैंकको सेयर मंगलबार प्रतिकित्ता ३२१ रुपैयाँमा हाराहारीमा कारोबार भएको छ ।

चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने क्रममा रहेको बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बैंकले यो लिलामीको सेयर सकार्नेले पनि लाभांश पाउने जनाएको छ । बोनसपछि सनराइजको चुक्ता पुँजी ८ अर्ब १५ करोड पुग्नेछ । बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरीमा असोज २३ गते दिउँसो १ बजे खोलिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।