logo

मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद खुल्यो

    1797   पटक पढिएको

१८ साउन / अर्थ र व्यापार – मुक्तिनाथ विकास बैंकले आगामी भदौ ४ गतेदेखि १० बराबर ४ कित्ता (१०ः ४)को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले बैंकले निष्काशन गरेको हकप्रद सेयर खरिद गर्ने वा नगर्ने टुङो साउन १९ गते (विहीबार) सम्म गरिसक्नु्पर्नेछ । बैंकले हकप्रद प्रयोजनका लागि यहि साउन २० गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । हकप्रद लिन चाहने लगानीकर्ताले भोलिसम्म शेयर खरिद गर्नुपर्नेछ भने हकप्रद लिन नचाहनेले बिक्री गरिसक्नुपर्नेछ ।

बैंकको हकप्रदको सेयर आवेदन आगामी भदौ ४ देखि असोज ८ गतेसम्म खुला हुनेछ । बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटल, मुक्तिनाथ विकास बैंक र नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन ।

बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ३४ प्रतिशत बोनस वितरण र ५० प्रतिशत हकप्रद बिक्री गरेर  पूँजी बढाएको थियो ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।