logo

११ महिनामै वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड

    2764   पटक पढिएको

१ साउन / अर्थ र व्यापार – गत आवको ११ महिना जेठसम्ममा वाणिज्य बैंकहरुको नाफा ३३ अर्ब ७८ करोड पुगेको छ । एनसीसी र सिभिल बैंकको तथ्यांक भने यसमा समावेश छैन् । जेठसम्ममा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । बैंकले ३ अर्ब ४५ करोड नाफा कमाएको हो । त्यसपछि, नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि बिकास बैंकको नाफा उच्च छ ।

कुमारी बैंक, जनता बैंकको नाफा सूचीमै सबैभन्दा कम रहेको छ । जेठ मसान्तसम्ममा बैंकहरुले ६२ अर्ब २९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेका छन् । व्याज खर्च ७० अर्ब ९६ करोड रुपैयाँ र व्याज आम्दानी १ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।

बैंकहरुले ७ अर्ब २८ करोड रुपैयाँ भने यसअघि नोक्सान व्यवस्थाको लागि राखेको रकम फिर्ता ल्याएका हुन् । यसअघि अपलेखन गरिएका ऋणबाट बैंकहरुले ८४ करोड रुपैयाँ उठाउन सकेका छन् । त्यस्तै ९ अर्ब १७ करोड रुपैयाँ नोक्सान व्यवस्थाको लागि छुट्याएका छन् । बैंकहरुको कुल कर्जा लगानीमा खराब कर्जा औसतमा १.६७ प्रतिशत रहेको छ ।

बैंकहरुको निक्षेप संकलन १९ खर्ब ७५ अर्ब र कर्जा लगानी १६ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले निजी क्षेत्र तर्फ १६ खर्ब ७ अर्ब रुपैयाँ, वित्तीय संस्थाहरु तर्फ ३९ अर्ब र सरकारी संस्थाहरु तर्फ ८ अर्ब ५ करोड कर्जा लगानी गरेका हुन् । बैंकहरले विदेशी मुद्राको विनिमयबाट ५ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन् । २ अर्ब ४४ करोड गैर सञ्चालन आम्दानी गरेका छन् ।

बैंकहरुमा मुद्दती निक्षेपको रुपमा ८ खर्ब ३४ अर्ब रुपैयाँ, २ खर्ब ७२ अर्ब कल निक्षेप, ६ खर्ब ६८ अर्ब बचत निक्षेप र चल्ति बचत १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको गैर बैंकिङ सम्पत्ती ३ अर्ब २ करोड बराबर रहेको छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । तोकिएको ८ अर्ब बराबरको चुक्ता पुँजी पुग्न अझै ५८ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुले राख्नु पर्ने वैधानिक सञ्चिती बाहेक अन्य सञ्चिती ३२ अर्ब ३८ करोड रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।