logo

नेप्सेमा सूचीकृत ३ बैंकको साधरणसभा पुस अन्तिम साता हुने

    981   पटक पढिएको

४ पुस/ अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत तीन कम्पनीले साधारणसभा डाकेका छन् । ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र काबेली विकास बैंकले साधारणसभा बोलाएका हुन् ।

ग्लोबल आइएमई बैंकले पुस २७ गते साधारणसभा बोलाएको छ । उक्त साधारणसभाका लागी बैंकले पुस १३ गते बुक क्लोज गर्ने जनाएको छ । बैंकले उक्त साधारणसभामा शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ । बैंकले अधिकृत पुँजीलाई १० अर्ब रुपैयाँबाट बढाएर १६ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गर्ने छ । बैंकले अन्य बैंकलाई गाभ्ने गाभिने वा प्राप्ति गर्न समेत साधारणसभामा प्रस्ताव लैजाने भएको छ । 

नेपाल ईन्भेष्टमेन्ट बैंकले पुस २९ गते सधारणसभा गर्ने भएको छ । उक्त साधारणसभाकालागि बैंकले पुस ११ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने जनाएको छ । बैंकले साधारणसभामा २२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । पुस १० गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले साधारणसभामा भाग लिन पाउने छन् ।

काबेली विकास बैंकले पुस २८ गते साधारणसभा गर्नेछ । साधारणसभाकालागि पुस १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । बैंकले ३५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साभारणसभाबाट पारित गर्नेछ । पुस १२ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले घोषित लाभांश पाउने छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।