logo

२८ वाणिज्य बैंकको नाफा २६ प्रतिशतले बढेर ४५ अर्ब २७ करोड रुपैयाँ पुगे 

    1534   पटक पढिएको

५ भदौ / अर्थ र व्यापार – गत आव २०७३/७४ मा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको नाफा २६ प्रतिशतले बढेर ४५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने यी बैंकको नाफा ३५ अर्ब ७४ करोड रहेको थियो । नाफा बढ्नुमा धेरैजसो बैंकको व्यवसायमा भएको वृद्धि नै मुख्य आधार देखिएको छ । बैंकहरुले गत आवमा १७ खर्ब २३ अर्ब रकम कर्जा लगानी गरेर ८० अर्ब खुद व्याज आम्दानी गरेका छन् । कर्जा लगानीमा २४ प्रतिशतले वृद्धि भएको हो । बैंकहरुले १८ प्रतिशतले वृद्धि गरेर २० खर्ब निक्षेप संकलन गर्न सकेका छन् ।

वित्तीय विवरण प्रकाशित गरेका सबै २८ मध्ये २३ बैंकको नाफा अर्बमाथि पुगेको छ । यसमा पनि ४ वटा वाणिज्य बैंकको नाफा ३ अर्ब माथि छ । यसरी ३ अर्ब बढिको नाफा गर्नेमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् । ग्लोबल आइएमइ, कृषि बिकास र हिमालयन बैंकको नाफा २ अर्ब माथि रहेको छ । यता, मेगा, जनता, सेञ्चुरी कमर्सियल, सिभिल र कुमारी बैंकले भने नाफा १ अर्ब कटाउन सकेका छैनन् । बाँकी रहेकाहरुको भने १ अर्बदेखि २ अर्बको बीचमा रहेको छ ।

बैंकहरुको अन्य कमाइमा पनि उल्लेख्य वृद्धि भएको छ । बैंकहरुको अन्य कमाइको रुपमा फि कमिसनबाट, विदेशी मुद्राको विनिमयबाट र अन्य सञ्चालन आम्दानी रहेका छन् । कतिपय बैंकको यस्तो आम्दानी १ अर्ब माथिसम्म रहेको छ । १ अर्ब माथि कमाइ गर्न सक्ने धेरैको यस्तो कमाई ५०/६० करोड देखिमाथिसम्म रहेको छ । अधिकांश बैंकको बेस रेट (कर्जा लगानी गर्दा लिइने आधार व्याज दर) अझै १० प्रतिशत र सोभन्दा माथि नै रहेपनि केहीको यस्तो दर कम रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकको आधार दर ७ प्रतिशतभन्दा कम रहेको छ । तुलनात्मक रुपमा यी बैंकमा सस्तोमा कर्जा प्राप्त हुन सक्छ । त्यस्तै, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, एसबिआइ नेपाल, हिमालयनको पनि यो दर १० प्रतिशतभन्दा मुनि नै छ । अन्य बैंकको भने यो दर १० प्रतिशत माथि छ । सबैभन्दा महंगो व्याजदर तिर्नुपर्ने बैंकमा सेञ्चुरी कमर्सियल बैंक र सिभिल बैंक रहेका छन् । यी बैंकको यो दर ११ प्रतिशतभन्दा पनि बढि छ ।

गत आवमा भएको बैंकको नाफा हेर्दा सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षमता नबिल बैंकको रहेको छ । बैंकले ४६ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । बैंकहरुले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएपछि बाँकी रहने रकम लाभांश बाढ्न सक्छन् । सञ्चिती रकममा यसअघि बाड्न योग्य रकम रहेमा बैंकहरुको यो दर बढ्न सक्छ । हाल देखिएको सम्भावना अनुसार पनि ४५ अर्ब नाफा कमाएका बैंकहरुले लाभांश वापत मात्रै ३३ अर्ब रकम बाड्न सक्ने देखिन्छ । यसमा सिद्धार्थ बैंक र एभरेष्ट बैंकको तथ्यांक समावेश छैन् ।

सिद्धार्थ बैंकले भने हकप्रद वापत संस्थापकहरुले राख्न सक्ने कल इन एड्भान्स रकम समेत जोडेकोले यसको दर निकाल्दा सहि हुन नसक्ने भएकोले यो बैंकको क्षमता निकालिएको छैन् । एभरेष्ट बैंकले पनि कल इन एड्भान्स रकम पुँजीमा जोडेको छ भने बैंकले जारी गरेको अग्राधिकार परिवत्य सेयर समेत पुँजीमा गणना हुँदै आएको छ ।  साधारण सेयरमा परिणत नहुँदासम्म अग्राधिकार  परिवत्र्य सेयरको लागि अलग्गै व्याज दर निर्धारण गरिएको हुन्छ । सिटिजन्स बैंकले भने १७ प्रतिशत लाभांश घोषणा गरिसकेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।