logo

सिद्धार्थ बैंकको २ लाख ५३ हजार कित्ता सेयर लिलामीमा

    1524   पटक पढिएको

६ भदौ / अर्थ र व्यापार – सिद्धार्थ बैंकले संस्थापक र सर्वसाधारण समूहको गरी कुल २ लाख ५३ हजार ९२२ कित्ता सेयरको लिलामी मंगलबारदेखि खुला गरेको छ । बैंकले संस्थापक समूहको १३ हजार ५५०  कित्ता र सर्वसाधारण समूहको २ लाख ४० हजार ३७१ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

सिद्धार्थ बैंकले गत जेठ २५ देखि असार २८ गतेसम्म ३० ५  हकप्रद निष्कासन ढगर्दा बिक्री नभएको सेयर अहिले लिलामी गर्न लागेको हो । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय, नारायणचौर नक्सालमा पुग्ने गरी बोलपत्र फारम पेस गर्नुपर्नेछ । बोलपत्र भदौ १५ गते बिहान ७ बजे सिद्धार्थ क्यापिटलमा खोलिने छ । 

लगानीकर्ताले भदौ ६ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तथा १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले अधिकतम कित्ताका लागि कुनै हद नतोकिएकाले बिक्रीमा राखिएको सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ छ । सिद्धार्थको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसामा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।