logo

मेगा बैंकको २ अर्ब ९७ करोड ८५ लाखको हकप्रद सेयर बिक्रीमा 

    1547   पटक पढिएको

२७ भदौ / अर्थ र व्यापार – राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्तापूँजी पुर्याउने क्रममा हकप्रदकै बाटो रोजेको मेगा बैंकको हकप्रदमा आवेदन खुलेको छ । टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको बैंकले सेयर कारोबार रोक्का भएकै अवस्थामा हकप्रद खुलाएर लगानीकर्तालाई हकप्रद भर्न बाध्य पारेको हो ।

बैंकको हकप्रदमा भदौ २७ देखि असोज ३० गतेसम्म आवेदन गर्न सकिनेछ । ०७३ माघ ६ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन । टुरीजम बैंकसँग मर्जर सम्झौता गरेपछि बैंकको गत माघ ९ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो । बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेगा बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । हकप्रद पछि अपुग पूँजी बैंकले गतबर्षको बोनसबाट पुर्याउने देखिन्छ । बैंकले गत बर्ष ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो उसको जगेडा कोषमा एक अर्ब २८ करोड रुपैयाँ छ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चक्ुक्ता पूँजी ९ अर्ब बढी पुग्ने देखिन्छ । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर सम्झौता भएको थियो । हकप्रद बिक्रीपछि मर्जरको प्रक्रिया अगाडि बढाउने योजनामा बैंक रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।