logo

१८ बिमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना

    2411   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउँन १८ बिमा कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन् । बिमा समितिले २०७५ असार मसान्तसम्म निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब र जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको छ ।

१८ बिमा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेपनि सरकारी स्वामित्व रहेको राष्ट्रिय बिमा संस्था र राष्ट्रिय बिमा कम्पनीमा संस्थानले भने अर्थमन्त्रालयमा प्रस्ताव पठाएको र कम्पनीले भने म्याद मागेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्सको २०७२–७३ को वासलात, प्राइम लाइफको २०६९ यताको वासलात स्वीकृत भएपछि मात्रै नाफा र सेयर धनिको कोष यकिन हुने भन्दै त्यसपछि मात्र समितिले योजना माग गर्ने भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको बिमा समितिले तोकेको पुँजी पुगिसकेको छ । शिखर इन्स्योरेन्सको लगभग पुँजी पुगिसकेको छ र कम हुने पुँजी बोनस सेयर जारी गरेर जुटाउने भएको छ । विदेशी संस्थाको शाखाको रुपमा रहेका मेट लाइफ, ओरियन्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सले भने असाइन्ड क्यापिटल राख्न पर्नेछ । यस्तो शाखाको हैसियतमा रहेकाले सर्वसाधारणमा सेयर जारी गर्नु पर्दैन् ।

यी कम्पनीहरुले स्थगन कर जगेडा र विशेष जगेडा बाहेकका जेगडा कोषका रकमहरु, विदेशी मुल कम्पनीलाई भुक्तानी दिनुपर्ने लाभांश दायित्व भुक्तानी नदिएर पनि तोकिएको पुँजी बराबरको रकम देखाउन पाउने भएका छन् । तर विदेशी संयुक्त लगानीका कम्पनीले भने १५ देखि ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्याउनुपर्ने व्यवस्था छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।