१९ भदौ/अर्थ र व्यापार – प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले दरबार मार्गस्थित ल्यान्डमार्क होटल तथा रिसोर्टमा छुट पाउने भएका छन् । बैंकले होटलसँग छुटसम्बन्धी सम्झौता भएको जनाएको छ ।
सो सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटलका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा कर्पोरेट निर्देशक अमृत ढकालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअनुसार होटलको सेवा तथा सुविधा प्रयोग गरेर बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्दा छुट पाइनेछ । ल्यान्डमार्क होटल तथा रिसोर्टका आवासतर्फ विशेष सस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
ल्यान्डमार्क होटल तथा रिसोर्टअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवा लगायतका शाखामा पनि प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विशेष छुट पाउने छन् ।
तपाईको प्रतिक्रिया