२८ साउन/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूमाझ ‘मधेश लिडरसिप : ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्स’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।
सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ ।
सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तर्दृष्टि आदान प्रदान भएको सो बैंकले जनाएको छ ।
मधेश केन्द्रितभएको यो कार्यक्रमजस्तै अन्य प्रदेशमा पनि गर्ने योजना बैंकको छ । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधारको सफलता हासिल गरेको सो बैंकले जनाएको छ ।
समिक्षा अवधिभर बैंकको कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो ।
निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ । जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पु¥याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो ।
खुद ब्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ । जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया