२० साउन/अर्थ र व्यापार – सानिमा बैंकले विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने भएको छ । बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको हो ।
सो सम्झौताअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाको उपचारका लागि सो अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको हो।
बैंकले २०७४ सालदेखि विपन्न महिलाहरुको उपचारका लागि सो अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ । सानिमा बंैकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँका दरले नारी राहत कोषमा रकम जम्मा गर्दैै आएकोे छ ।
सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरुको उपचारमा सहयोग गर्दै आएको छ । पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा.रवि शाक्य र सानिमा बंैकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
तपाईको प्रतिक्रिया