logo

स्थानीय सरकारले सहयोग नगरेका कारण बैंकको कर्जा रिकभरीमा समस्या

    731   पटक पढिएको


२६ असार/अर्थ र व्यापार – बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूले कर्जा असुलीमा स्थानीय तहबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो समस्या भएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका नीति, प्रक्रिया तथा कानूनी प्रावधानअनुसार ऋण प्रवाह र असुली गर्दै आएका बैंकहरूले पछिल्लो समय स्थानीय निकायहरूबाट आवश्यक कागजात, विशेषगरी घरबाटो सिफारिस लगायतका प्रक्रियामा ढिलाई र असहयोग गरिदिएका कारण कानूनी दायराभित्र रहेर कर्जा असुली गर्न समेत कठिनाइ भएको बताएका छन् ।
बैंकहरूले लिलामी प्रक्रियाका लागि आवश्यक पर्ने पञ्जीकृत मूल्यांकन, मालपोतसम्बन्धी कागजात तथा अन्य औपचारिकताका क्रममा स्थानीय तहले अवरोध गर्ने, सिफारिस नदिने वा अनावश्यक ढिलाइ गर्ने गरेको गुनासो व्यक्त गरेका हुन् ।

यसले गर्दा कर्जा असुली प्रक्रियामा बाधा पुग्नाले बैंकिङ प्रणाली मात्र नभई समग्र आर्थिक स्थायित्वमा समेत चुनौती थपिएको बैंकहरूको भनाइ छ । यस्तै, कर्जा असुलीका क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई धम्की दिने, मानसिक दबाब सिर्जना गर्ने, र कतिपय स्थानमा शारीरिक आक्रमणसम्म हुने घटनाहरू बढिरहेको यि संस्थाहरूले बताएका छन् । यस्तो अवस्थाले बैंक वित्तीय संस्थाहरूका कर्मचारीहरूको मनोबलमा असर मात्र गरेको छैन, सम्पूर्ण बैंकिङ क्षेत्रको मर्यादामा समेत आँच पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकहरूले देशको समग्र आर्थिक विकासमा स्थानीय तह र वित्तीय संस्थाबीच समन्वय र सहकार्य अत्यावश्यक रहेको भन्दै संघीय संरचनाअनुसार स्थानीय निकायले गम्भीर ढंगले समस्या समाधानमा अग्रसर हुनुपर्ने माग गरेका छन् । साथै, कर्जा असुली प्रक्रियामा सहयोगका लागि स्थानीय तहका पदाधिकारीहरूसँग समन्वय कायम गर्न र शान्ति सुरक्षाका लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।