logo

विश्व बैंकको दक्षिण एसिया उपाध्यक्षमा योहानेस जुट नियुक्त

    589   पटक पढिएको



१६ असार/अर्थ र व्यापार – विश्व बैंकको दक्षिण एसिया क्षेत्रको उपाध्यक्षमा योहानेस जुट नियुक्त भएका छन्। यसअघिका उपाध्यक्ष मार्टिन रेजरको स्थान उनले लिने भएका हुन्। जुटको नियुक्ति मंगलबारदेखि लागू हुनेछ ।
दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलंकामा विश्व बैंकको नेतृत्व गर्नेछन् । साथै, उनले ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहयोग तथा वित्तीय स्रोतहरूको पोर्टफोलियोको निरीक्षण गर्ने जिम्मेवारी पाएका छन्।
उनको नेतृत्वमा दक्षिण एसियामा रोजगारी सिर्जना, जलवायु तथा विपद् प्रतिरोधात्मक क्षमता, मानव पुँजी विकास र निजी पुँजी परिचालनका क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने विश्व बैंकले जनाएको छ।
जुट डच नागरिक हुन् । उनी सन् १९९९ मा विश्व बैंकमा आबद्ध भएका थिए । त्यसयता उनले विभिन्न जिम्मेवारीहरू सम्हालेका छन् ।
हालै उनी ब्राजिलका लागि विश्व बैंकका निर्देशक थिए। त्यसअघि उनी संचालन नीति तथा देश सेवा उपाध्यक्षको कार्यालयमा रणनीति, नतिजा, जोखिम र अध्ययनका निर्देशक थिए।
यसअघि उनले नेपाल, बंगलादेश र भुटानका साथै टर्कीए, कोमोरोस, इरिट्रिया, केन्या, रुवाण्डा, सेशेल्स र सोमालियाका लागि पनि देशीय निर्देशकको रूपमा काम गरिसकेका छन्।
‘म दक्षिण एसियाले पछिल्ला १० वर्षमा हासिल गरेका उल्लेखनीय विकास प्रगतिलाई देखेर निकै खुशी छु,’ जुटले भनेका छन्, ‘यो नयाँ अवसर पाएर म उत्साहित छु र फेरि एकपटक यस क्षेत्रका जनताको आत्मीयता र यहाँको सांस्कृतिक सम्पदालाई नजिकबाट अनुभव गर्न पाउनेछु भन्ने अपेक्षा गरेको छु। ’
जुटले टोरन्टो विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर गरेका छन्। साथै, हार्वर्ड विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । जुट भारतको नयाँ दिल्लीमा रहेर काम गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।