logo

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थामाथी कारबाही हुन्छ : गभर्नर पौडेल

    722   पटक पढिएको


४ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा गभर्नर पौडेलले यस्तो बताएका हुन् । उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै तहसम्म पु¥याउने आफ्नो प्राथमिकता रहेको बताए ।
‘ग्राहकलाई समस्यामा पार्ने,ऋण प्रवाहमा बहानाबाजी गर्ने र धितो लिलामीमा अनावश्यक दबाब दिने जस्ता गतिविधि सह्य हुँदैन,’ उनले भने, ‘यस्ता कार्यमा संलग्न बैंकलाई छुट छैन, तुरुन्त कारबाही हुन्छ ।’
धनुषा जिल्लाका व्यापारीहरूले विगतमा बैंकहरूले ऋण लिएको आधारमा जटिल परिस्थिति सिर्जना गरी धितो लिलामी गरेको गुनासो गरेपछि गभर्नर पौडेलले कडा अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले साना व्यापारी तथा किसानले ऋणका लागि धाउँदा बैंकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे । सो अवसरमा बैंक प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर फिर्ता गर्न नसक्नेको संख्या उच्च रहेको जानकारी गराएका थिए ।
गभर्नर पौडेलले भने,‘धनी र गरिबबीचको आर्थिक दूरी घटाउनु मेरो पहिलो प्राथमिकता हो। त्यसका लागि मौद्रिक नीति अब वित्त नीतिको अनुकूल हुनुपर्छ । कम नियम, धेरै सुपरिवेक्षणमा म विश्वास गर्छु ।’ उनले बैंकहरूको कर्जा सुविधा सीमित व्यक्तिमा केन्द्रित हुनु नमिल्ने र सर्वसाधारण तथा साना व्यवसायीले समेत सहज पहुँच पाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले छलफलका बुँदाहरू नीति निर्माणमा समावेश गरिने आश्वासन दिए । उद्यमीहरूले व्यवसाय सञ्चालनका चुनौती, वित्तीय पहुँच र कर्जाको सहजता सम्बन्धी धारणा राख्दै यस्ता छलफल कार्यक्रम नियमित गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।