logo

साना व्यवसायी र सर्वसाधारणलाई ठग्ने वित्तीय संस्थामाथी कारबाही हुन्छ : गभर्नर पौडेल

    351   पटक पढिएको


४ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंक वा वित्तीय संस्थाले ग्राहकलाई ठगी गरेमा कडाभन्दा कडा कारबाही हुने चेतावनी दिएका छन् ।
नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयद्वारा आयोजित छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा गभर्नर पौडेलले यस्तो बताएका हुन् । उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैंकिङ सेवा सबै तहसम्म पु¥याउने आफ्नो प्राथमिकता रहेको बताए ।
‘ग्राहकलाई समस्यामा पार्ने,ऋण प्रवाहमा बहानाबाजी गर्ने र धितो लिलामीमा अनावश्यक दबाब दिने जस्ता गतिविधि सह्य हुँदैन,’ उनले भने, ‘यस्ता कार्यमा संलग्न बैंकलाई छुट छैन, तुरुन्त कारबाही हुन्छ ।’
धनुषा जिल्लाका व्यापारीहरूले विगतमा बैंकहरूले ऋण लिएको आधारमा जटिल परिस्थिति सिर्जना गरी धितो लिलामी गरेको गुनासो गरेपछि गभर्नर पौडेलले कडा अभिव्यक्ति दिएका हुन् ।
कार्यक्रममा सहभागी व्यवसायीहरूले साना व्यापारी तथा किसानले ऋणका लागि धाउँदा बैंकहरूले बेवास्ता गर्ने गरेको गुनासो गरे । सो अवसरमा बैंक प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर फिर्ता गर्न नसक्नेको संख्या उच्च रहेको जानकारी गराएका थिए ।
गभर्नर पौडेलले भने,‘धनी र गरिबबीचको आर्थिक दूरी घटाउनु मेरो पहिलो प्राथमिकता हो। त्यसका लागि मौद्रिक नीति अब वित्त नीतिको अनुकूल हुनुपर्छ । कम नियम, धेरै सुपरिवेक्षणमा म विश्वास गर्छु ।’ उनले बैंकहरूको कर्जा सुविधा सीमित व्यक्तिमा केन्द्रित हुनु नमिल्ने र सर्वसाधारण तथा साना व्यवसायीले समेत सहज पहुँच पाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले छलफलका बुँदाहरू नीति निर्माणमा समावेश गरिने आश्वासन दिए । उद्यमीहरूले व्यवसाय सञ्चालनका चुनौती, वित्तीय पहुँच र कर्जाको सहजता सम्बन्धी धारणा राख्दै यस्ता छलफल कार्यक्रम नियमित गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।