logo

नबिल बैंकको क्रेडिट कार्डमा असार मसान्तसम्म आवेदन दिए जीवनभर शुल्क तिर्नु नपर्ने

    733   पटक पढिएको



१४ जेठ/अर्थ र व्यापार – नबिल बैंकले ल्याएको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड अफर ग्राहकका लागि आकर्षण बनेको छ । ग्राहकको उल्लेख्य सहभागितापछि बैंकले यस अफरको अवधि असार मसान्तसम्म लम्ब्याएको छ ।
बैंकका अनुसार अफर अवधिभर क्रेडिट कार्डका लागि आवेदन दिए कुनै पनि वार्षिक तथा नवीकरण शुल्क जीवनभर तिर्नु पर्दैन । यदि कार्ड भाँचियो, हरायो वा क्षति भयो भने मात्र नयाँ कार्डका लागि शुल्क लाग्नेछ ।
अफर सकिएपछि कार्ड लिँदा पहिलो वर्षका लागि १ हजार र प्रत्येक वर्ष नवीकरण शुल्क बापत २ हजार तिर्नुपर्ने बैंकले जानकारी दिएको छ । बैंकले तत्काल नगदबिना नै भुक्तानी गर्ने सुविधालाई आत्मसात गर्दै क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ यो अफर ल्याएको जनाएको छ ।
यसले ग्राहकलाई आपतकालीन अवस्थामा समेत आर्थिक सहुलियत प्रदान गर्ने बैंकले बताएको छ । ‘क्रेडिट कार्डमार्फत ग्राहकले पसल, होटल, अनलाइन सपिङ, तथा विभिन्न सेवामा सजिलै भुक्तानी गर्न सक्छन् । यदि तोकिएको समयमा रकम फिर्ता गरियो भने कुनै ब्याज लाग्दैन, जसले आर्थिक अनुशासनमा पनि सहयोग गर्छ,’ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकका रिटेल ल्याण्डिङ प्रमुख चाँदनी श्रेष्ठले क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न छुट, क्यासब्याक जस्ता फाइदा पनि प्राप्त गर्न सकिने जानकारी दिइन् । उनले समग्रमा क्रेडिट कार्डले आर्थिक सुरक्षा, सहजता र सुविधा प्रदान गर्दै आधुनिक जीवनशैलीमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन् ।
ग्राहकले बैंकको जुनसुकै शाखामा गएर वा अनलाइनमार्फत पनि कार्डका लागि आवेदन दिन सक्ने बैंकले बताएको छ । अनलाइन आवेदन गर्दा स्यालरी सर्टिफिकेट, बैंक स्टेटमेन्ट लगायत आवश्यक कागजातहरू बुझाउनुपर्छ । आवेदन स्वीकृत भएपछि बैंकले डेलिभरी पार्टनर ‘उपाय’ मार्फत कार्डलाई ग्राहकको ठेगानामा पु¥याउने व्यवस्था गरेको छ ।
बैंकबाट कर्जा लिएका ग्राहकले पनि क्रेडिट कार्ड लिन सक्छन् । हालसम्म यस्ता ग्राहकहरूलाई अधिकतम २ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिइएको सो बै.कले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।