logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा धनुषाधाममा,शाखा संख्या २९७ पुग्यो

    294   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धनुषा जिल्लाको धनुषाधाम न.पा.वडा न.३ स्थित २९७ औं शाखा कार्यालय धनुषाधाम विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।धनुषाधाम नगरपालिकाका नगरप्रमुख वालेश्वर मण्डल र बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले शनिबार एक समारोहका बीच सो शाखाको संयुक्त रुपमा उद्घाट्न गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख वालेश्वर मण्डलले धनुषाधाम क्षेत्र पर्यटकीय र कृषि क्षेत्रसँग जोडिएकाले यस क्षेत्रमा बैंकले प्राथमिकताका साथ लगानी गर्नुपर्ने बताए । उनले राष्ट्रिय वाणिज्य बैंकमा सरकारको लगानी भएकाले यो जनताकै बैंक हो र नागरिकले यस बैंकसँग बैंकिङ कारोबार गर्नुपर्ने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले ७७ वटै जिल्लामा प्राथमिकताका साथ शाखा स्थापना गर्ने योजना बमोजिम शाखा विस्तार गरी आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । उनले अहिले बैंकमा भएको योग्य र दक्ष जनशक्ति नागरिकमा आधुनिक बैंकिङ सेवा प्रवाह गर्न सक्षम रहेको बताए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगााना, धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्यादेबी भुजेल, धनुषाधाम नगरपालिका–३ का वडा अध्यक्ष, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी सहभागी थिए । सो कार्यक्रममा मधेश प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक कमलेश ठाकुर, कम्पनी सचिव प्रमोद अधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २ सय ९७ वटा शाखा कार्यालय, ३ सय १२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ सेवा रहेको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।