logo

वार्षिकोत्सवको अवसरमा महालक्ष्मी विकास बैंकले ३१ जना महिला उद्यमीलाई सम्मान गर्यो

    698   पटक पढिएको



११ जेठ/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंकले ३१ औँ वार्षिकोत्सवका अवसरमा देशभरका ३१ जना महिला उद्यमीहरूलाई सम्मान गरेको जनाएको छ ।
बैंकले गत ४ देखि १० जेठसम्म वार्षिकोत्सव मनाउने क्रममा महिला उद्यमीहरूलाई देशभरका विभिन्न शाखा कार्यालयहरूमार्फत सम्मान गरेको जनाएको छ ।
बैंकका अनुसार वित्तीय पहुँच,आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा महिलालाई ल्याउने उद्देश्य सहित सो सम्मान गरिएको हो ।
यस कार्यबाट उद्यमशिलतालाई समेत प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको सो बैंकले विज्ञप्तिमार्फत जनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा ६ जेठमा देशभरका १० वटा शाखा कार्यालयहरू र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
सो रक्तदान कार्यत्रमहरूमार्फत ३ सय २० पिन्ट रगत संकलन गरिएको थियो । साथै, बैंकले ७ जेठमा केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभूषाको प्रहसन गरेको थियो ।
यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत संचालन गरिएको सो बैंकले जनाएको छ । बैंकका अनुसार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
सो प्रभातफेरी कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण लगायत बैंकिङ सेवाहरूसँग सम्बन्धित प्लेकार्डहरूको प्रयोग गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा बैंकले महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृंखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२५, श्रृंखला ४) २४ टिमको सहभागितामा २१ देखि २४ जेठसम्म सञ्चालन गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।