logo

निफ्राले ५ अर्ब रुपैयाँको ग्रिन बण्ड १८ जेठ देखि निष्कासन गर्ने

    673   पटक पढिएको


८ जेठ/अर्थ र व्यापार – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आगामी १८ जेठदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘निफ्रा हरित उर्जा ऋणपत्र–६ प्रतिशत २०८८/८९’ निष्कासन गर्न लागेको हो ।
निफ्राले अंकित मूल्य १००० रुपैयाँका दरले ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । कुल निष्कासन मध्ये ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत रुपमा र २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बाँडफाँड गरिने सो बैंकले जनाएको छ ।
लगानीकर्ताले २५ देखि १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन अवधि छिटोमा आगामी २१ जेठ र ढिलोमा १ असारसम्म रहनेछ । ७ वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले ६ प्रतिशत ब्याजदर पाउनेछन् ।
सो कम्पनीले कुल ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा सर्वसाधारणका लागि २ अर्ब रुपैयाँको जारी हुनेछ । अंकित मूल्य १ हजार रुपैयाँका दरले जारी हुने ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ७ वर्षे अवधि रहेको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याजदर पाउने छन् । छिटोमा २१ जेठसम्म ऋणपत्रमा आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा असार १ गतेसम्म आवेदन खुल्न सक्नेछ ।
हरित ऊर्जा ऋणपत्रको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंकका शाखाबाट आवेदन दिन सकिनेछ ।
‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशतर २०८८/८९’ नामक यस ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने निफ्राले जनाएको छ ।
इक्रा नेपालले सो कम्पनीको ऋणपत्रलाई बीबीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनी दायित्व वहन गर्न मध्यमस्तरमा सक्षम रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।