logo

वाणिज्य बैंकहरुले जेठका लागि पनि घटाए ब्याजदर,३ वटाको मात्र सामान्य बृद्धि

    658   पटक पढिएको


३१ वैशाख/अर्थ र व्यापार – वाणिज्य बैंकहरूले बिहीबारदेखि सुरु हुने जेठ महिनाकालागि पनि व्याजदर घटाएका छन् । वाणिज्य बंकहरुको औसत मुद्दती निक्षेपको ब्याजदरमा जेठ महिनामा सामान्य कमी आएको छ । व्यक्तिगत मुद्धती निक्षेपका लागि जेठ महिनाको औसत ब्याजदर ५ दशमलब ९४ प्रतिशत कायम भएको छ ।
वैशाखमा यो दर ५.९८ प्रतिशत रहेको थियो । बैंकहरुले जेठकालागि सार्वजनिक गरेको यो नयाँ दर अनुसार औसतमा २० वटा बैंकहरूको ब्याजदर ०.०४ प्रतिशतले घटेको छ । एक महिनाको अवधिमा ३ वटा बैंकले ब्याजदर घटाएका छन् । १४ वटा बैंकले वैशाखको दरलाई निरन्तरता दिएका छन् । ३ वटा बैंकहरुले भने जेठ महिनाकालागि ब्याजदरमा सामान्य वृद्धि गरेका छन्।
पछिल्लो समय बजारमा कर्जाको न्यून मागका कारण बैंकहरुले ब्याजदर निरन्तर घटाउँदै आएका हुन् । हालको ब्याजदर परिवर्तनले बेस रेटमा पनि प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । बेस रेट घटेका कारण कर्जाको ब्याजदरमा थप गिरावट आउन सक्छ । यद्यपि यो घटाइले बचतकर्ताहरूको बचत गर्ने प्रवृत्तिमा भने कमी ल्याउन सक्ने संभावना बढेको छ । अब बैंकमा पैसा राखेर व्याज खानेहरुले समेत अन्य क्षेत्रमा लगानी गर्न सक्ने अवस्था देखिएको छ ।

वाणिज्य बैंकहरुले जेठका लागि प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार नेपाल इनभेस्टमेन्ट मेगा बैंकले ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ । यो बैशाखको तुलनामा १ प्रतिशतले न्युन हो । यस्तै, सिद्धार्थ बैंकको दर ६ प्रतिशतबाट ५.७५ प्रतिशतमा झरेको छ । कुमारी बैंकले ५.९२ प्रतिशतबाट घटाएर ५.७१ प्रतिशतमा झारेको छ ।
सानिमा बैंकले भने जेठ महिनाकालागि ब्याजदर ५.९५ प्रतिशतबाट बढाएर ६.३३ प्रतिशतमा पुराएको छ । बैंकहरुमा यसरी लामोसमय ब्याजदर घटेपछि बचतकर्ताहरूलाई प्रभावित गर्न सक्छ ।
जेठमा नेपाल बैंकको ब्याजदर ५.१५ प्रतिशतबाट ५.४५ प्रतिशतमा वृद्धि भएको छ । सो बैंकले ०.३० प्रतिशतको वृद्धि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।