logo

विकास बैंकको नाफा ४.३४ प्रतिशतले बढ्यो

    753   पटक पढिएको


८ वैशाख/अर्थ र व्यापार– चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकले ४.३४ प्रतिशतले नाफा बढाएका छन् । चैत मसान्तसम्म विकास बैंकहरुको नाफा ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
यस्तो नाफा गत आवको सोही अवधिमा ३ अर्ब ५३ करोड ८८ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
हाल सञ्चालनमा रहेका ८ वटा राष्ट्रिय स्तरका विकास बैंकमा ५ वटाको नाफा बढेको छ भने ३ वटा बैंकको नाफा घटेको छ । नाफा बढाउने बैंकमा गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र ज्योति विकास बैंक रहेका छन् । यस्तै नाफा घटाउने बैंकमा मुक्तिनाथ, शाइन रेसुङ्गा र लुम्बिनी विकास बैंक रहेका छन् ।
चैत मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक रहेको छ । गरिमा विकास बैंकले सो अवधीमा ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ७ दशमलब १३ प्रतिशतले बढेको छ ।
यसैगरी, धेरै नाफा आर्जन गर्ने मध्येको दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक छ । यस बैंकले चैत मसान्तसम्म ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा भने गत आवको सोही अवधिको तुलनामा १६.८५ प्रतिशतले घटेको छ ।
त्यसैगरी, शाइन रेसुङ्गा डेभलमेन्ट बैंकले ५१ करोड ४० लाख १४ हजार नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.१२ प्रतिशतले कम हो ।
चैत मसान्तसम्म कामना सेवा विकास बैंकले ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो ।
यस्तै महालक्ष्मी विकास बैंकले ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नाफा १६.८६ प्रतिशतले धेरै हो । यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ६१.१८ प्रतिशतले बढेर ४३ करोड ४२ लाख १८ हजार रुपैयाँ रहेको छ ।
यस्तै ज्योति विकास बैंकको नाफा १०१.१४ प्रतिशतले बढेर ३० करोड ६६ लाख ११ हजार रुपैयाँ पुगेको छ । यस्तै ८५.४५ प्रतिशतले घटेर लुम्बिनी विकास बैंकको नाफा ४ करोड ९७ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।