logo

सिटिजन्स बैंकले १८औं बार्षिकोत्सव मनायो,क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता सञ्चालनमा

    799   पटक पढिएको


८ वैशाख/अर्थ र व्यापार– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव विविध कार्यक्रमकासाथ मनाएको छ । स्थापनाको १८ वर्ष पुरा भई १९औं वर्षमा प्रवेश गर्दा बैंकले १८ लाख ७९ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ ।
सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै २सय वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ खर्व २ अर्व रहेकोमा कर्जा तर्फ १ खर्व ७३ अर्ब परिचालन गरेको सो बै.कले जनाएको छ ।
सोही अवसरमा बैंकले बिहानै सातवटै प्रदेशमा करिव ९ सय २१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कायक्रम आयोजना गरेको थियो । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा गरिएको सो बैंकले जनाएको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९ सय १३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको सो बै.कले जनाएको छ ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखि ‘ब्रिक बैंकिङ टु क्लिक बैंकिङ’ भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बैंकिङ एप मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको छ । बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ सेवा मार्फत अफलाइन माध्यमबाट नै रु।पाँच हजार सम्मको भुक्तानी ट्याप एण्ड पे मार्फत सहज रूपमा गर्न सक्ने छन् ।
यसैगरी, बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बंैकिङ्ग मार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्ने छन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।
बैंकले नयाँ बचत खाता सिटिजन्स फ्रिल्यान्सर सेभिङ बचत संचालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रिल्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर यूएसडी, बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ, साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ ।
यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा २५ हजार रुपैयाँसम्म (ओपीडी सेवा ५ हजार सम्म), दुर्घटना मृत्यु बीमा ३ लाख सम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।