logo

नेपाल एसबिआई बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    807   पटक पढिएको


११ चैत/अर्थ र व्यापार– नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जनाएको छ । गत ४ देखि १० चैतसम्म विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको सो बैंकले जनाएको छ ।
सातै प्रदेशमा आयोजना गरिएको सो कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।
सो कार्यक्रमहरू कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (विराटनगर) र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमति प्रदेशको दरबारमार्ग, न्यूरोड रत्ननगर, हाकिमचोक, नुवाकोटको बट्टार, धादिङ र पाटनमा आयोजना गरिएको थियो ।
यसैगरी, काभ्रेको बनेपा र हेटौंडा, गन्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरूमा सञ्चालित कार्यक्रममा १५ सय भन्दा बढी बालबालिका तथा विद्यार्थीको सहभागिता रहेको थियो ।
नेपाल एसबिआई बैंकले विगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल यस बैंकका सय शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ सय २५ वटा एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।