logo

ग्लोबल मनी वीकमा प्रभु बैंकले बुर्तिबाङमा निकाल्यो वित्तीय जनचेतनामूलक र्‍याली

    693   पटक पढिएको


४ चैत/अर्थ र व्यापार– प्रभु बैंक गण्डकी प्रदेशले बागलुङको बुर्तिबाङमा ‘ग्लोबल मनी वीक २०२५’को अवसरमा सोमबार वित्तीय जनचेतनामूलक र्‍याली आयोजना गरेको छ ।
‘अनुसरण गर्नु अघि सोचौं,भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं’ भन्ने मूल नाराका साथ आयोजित जनचेतनामुल र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।
सो र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरतासम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे चर्चा गरे । उनले बालबालिका,वृद्ध तथा युवालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सो र्‍यालीको मुख्य उद्देश्य युवामा बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्धन गर्नु रहेको सो बैंकले जनाएको छ । यस बैंकले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।