logo

सिटिजन्स बैंकको टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौं योजना

    373   पटक पढिएको


३ चैत/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्टसँगको सहकार्यमा नयाँ योजना ल्याएको छ । बैंकले ‘टपअप र फोनपे डिरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ भन्ने नयाँ योजना सार्वजनिक गरेको जनाएको छ ।
यसअन्तर्गत ग्राहकले आकर्षक उपहारहरू जित्ने अवसर पाउनुकासाथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्ने छन्। बैंकका अनुसार यस योजनाको मुख्य उद्देश्य डिजिटल कारोबारलाई प्रर्वधन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने हो ।
यस बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।
यसैगरी, बैंकले यस अभियानमा सहभागी हुन ग्राहकले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कम्तीमा सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५सय रुपैयाँको फोनपे डिरेक्ट कारोबार गर्नुपर्नेछ । यी कारोबार पूरा गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य बन्ने सो बैंकले जनाएको छ ।
यसअन्तर्गत हरेक साता सय जना ग्राहकले सय रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नेछन्। यसैगरी, यस योजनाको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आइफोन १६ प्रदान गरिने सो बैंकले जनाएको छ । यो योजना १ चैतबाट सुरु भएको यो योजना आगामी ३१ चैतसम्म सञ्चालन हुने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।