logo

ग्लोबल आईएमई बैंकले बिहीबारबाट सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    751   पटक पढिएको

१७ पुस/अर्थ र व्यापार – ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ ।
शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्त्रीरोगसम्बन्धी महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायत सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुने सो बैंकले जनाएको छ ।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने सो बैंकले जनाएको छ ।
बैंकका अनुसार १८ पुसमा बागमती प्रदेश अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती टोल र मधेश प्रदेशअन्तर्गत बाराको कलैया उपमहानगरपालिका–१ स्थित राजदेवी मन्दिर हलमा शिविर सञ्चालन हुनेछ ।
यसैगरी, २० पुसमा गण्डकी प्रदेशअन्तर्गत पर्वतको मोदी गाँउपालिका–१ स्थित भुक स्वास्थ्य चौकीमा, २१ पुसमा कोशी प्रदेशअन्तर्गत मोरङको विराटनगर महानगरपालिका–१२ स्थित आधारभूत स्वास्थ्य चौकीमा, २३ पुसमा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको शैनामैना नगरपालिका–११ स्थित परिवार नियोजन संघको क्लिनिकमा शिविर सञ्चालन हुनेछ ।
त्यसैगरी, २६ पुसमा कर्णली प्रदेशअन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित दौलाटपुर स्वास्थ्य चौकीमा र २८ पुसमा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–८ स्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सो बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।