logo

गरिमा विकास बैंकका ग्राहकलाई जोय स्टोरमा एप्पलका सामान खरिद गर्दा छुट

    1045   पटक पढिएको


२६ मंसिर/अर्थ र व्यापार – नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
सो सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र गरिमा विकास बैंक लिमिटेडका तर्फबाट पुतलीसडकका शाखा प्रबन्धक सुजित नेपालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार नेपालको आईफोनको आधिकारीक बिक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले २० प्रतिशतसम्म छुट पाउनेछन् ।
जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उत्पादन अनुसार गरिमा विकास बैंकका कर्मचारी तथा ग्राहकले अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् । गरिमा विकास बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकलाई सरल र सुलभ मूल्यमा एप्पलमा उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए ।
सो छुटका लागि कर्मचारीले गरिमा विकास बैंक लिमिटेडको परिचयपत्र र ग्राहकले गरिमा विकास बैंक लिमिटेडको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट या गरिमा विकास बैंक लिमिटेडले प्रदान गरेको अन्य कुनै पेमेन्ट माध्यमबाट रकम भुक्तानी गर्नुपर्ने जानकारी गराउँदै शर्माले भने, ‘सोही आधारमा जोय स्टोरले छुटमा एप्पलमा सामान उपलब्ध गराउने छ ।’

जोय स्टोर नेपालमा एप्पलको उत्पादनहरु बिक्री गर्ने आधिकार बिक्रेता हो । जसले काठमाडौंको ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारीक रुपमा आईफोन लगायत एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध संचालक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष पनि हुन् ।
नेपाली उपभोक्तालाई एप्पलमा जेनुयन उत्पादनहरु उपलब्ध गराउने उद्देश्य अनुसार आफुले आधिकारी बिक्रेताको रुपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जो स्टोरले एप्पलका उत्पादनहरु आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड, हेडफोन र अन्य एसेसोरिज बिक्री गर्दै आएको छ ।
आफ्ना कर्मचारी तथा ग्राहकहरुलाई एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन एप्पलको आधिकारीक विक्रेता जोय स्टोरसँग सम्झौता गरिएको गरिमा विकास बैंक लिमिटेडका शाखा प्रबन्धक सुजित नेपालले जानकारी दिए । ‘हाम्रो उद्देश्य भनेको आफ्ना ग्राहकलाई गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्नु हो,’ उनले भने, ‘सोही अनुरुप हामीले कर्मचारी तथा ग्राहकलाई सामान खरिदका छुटको व्यवस्था सहित एप्पलका गुणस्तरीय उत्पादन उपलब्ध गराउन आधिकारीक बिक्रेता जोय स्टोरसँग सम्झौता गरेका हौं ।’
जोय स्टोरले एप्ललको म्याक बुक, आईप्याड तथा एप्पल वाच खरिदमा दुई वर्षको वारेन्टी उपलब्ध गराएको छ । यसैगरी, आईफोनमा दुई वर्षको वारेन्टी र एक वर्षको इन्स्योरेन्स सेवा समेत दिएको छ । साथै त्यसरी फोन तथा म्याकबुक खरिदका लागि ईएमआई सेवा समेत उपलब्ध गराएको जोय स्टोरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।